+

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने

२०८२ फागुन  २४ गते १८:२३ २०८२ फागुन २४ गते १८:२३
विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
  • हिमाल अर्याल, मोहन रोका र नवराज कार्की क्रमशः सटपुट, ज्याभ्लिन थ्रो र ४०० मिटर दौडमा सहभागी हुनेछन् ।
  • ३ खेलाडीसहित चार सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गरेको छ ।

२४ फागुन, काठमाडौं । भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

मार्च ८ देखि १३ तारिखसम्म हुने विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट तीन पुरुष खेलाडीले चुनौती पेश गर्नेछन् । सटपुटमा हिमाल अर्याल, ज्याभ्लिन थ्रोमा मोहन रोका र ४०० मिटर दौडमा नवराज कार्कीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा सहभागि हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । टोली प्रमुखमा राष्ट्रिय पारा एथलेटिक्स संघ नेपालका सचिव साङबु भोटे रहेका छन् ।

टोलीलाई राष्ट्रिय पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले आइतबारै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामनासहित बिदाइ गरे ।

नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममामा हुने प्रतियोगितामा मार्च १० सम्म क्लासिफिकेसन डे रहनेछ भने मार्च ११ देखि १३ सम्म मुख्य प्रतिस्पर्धाहरु हुनेछ ।

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स सिरिज अन्तर्गत यो प्रतियोगिता हुँदैछ । यस वर्षको पहिलो ग्रान्ड प्रिक्स फेब्रुअरी १०-१३ मा युएईको दुबईमा सम्पन्न भएको थियो । ग्रान्ड प्रिक्स सिरिज अन्तर्गत सन् २०२६ मा कूल ९ प्रतियोगिता हुनेछ ।

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय