+

जोनाथानको दुई गोलमा मछिन्द्र विजयी

२०८२ फागुन  २४ गते १४:४० २०८२ फागुन २४ गते १४:४०
जोनाथानको दुई गोलमा मछिन्द्र विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मछिन्द्र एफसीले जोनाथान कान्टिलानाको दुई गोल मदतमा जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको छ।
  • यो जितपछि मछिन्द्र एफसी ८ खेलबाट १९ अंकसहित दोस्रो स्थानमा उक्लेको छ।
  • लालिगुराँस एसोसिएसनले संकटा एफसीसँग खेल्दै शीर्ष स्थानमा उक्लने मौका पाएको छ।

२४ फागुन, काठमाडौं । जोनाथान कान्टिलानाको दुई गोल मदतमा मछिन्द्र एफसीले राष्ट्रिय लिग फुटबलमा आइतबार जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको छ ।

यो जितपछि मछिन्द्र एफसी ८ खेलबाट १९ अंक जोडेर मछिन्द्र दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट अपराजित रहँदै २० अंक जोडेको विभागीय टोली एपीएफ शीर्ष स्थानमा छ ।

पाँचौ हार बेहोरेको जावलाखेल भने ८ खेलबाट ९ अंकसहित आठौं स्थानमै यथावत छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा जोनाथानले दुवै हाफमा एक-एक गोल गरे ।

जोनाथान कान्टिलानाले ३३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । जोनाथानले नै ९०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै जित पक्का गरेका थिए ।

आजै दिउँसो २ बजे सुरु हुने खेलमा लालिगुराँस एसोसिएसनले संकटा एफसीसँग खेल्दैछ । ८ खेलबा६ १८ अंकसहित तेस्रो स्थानमा रहेको लालिगुराँस सामु यो खेल जित्दै शीर्ष स्थानमा उक्लने मौका हुनेछ ।

यस्तै चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ क्लबबीच आजै साँझ ६ बजे खेल हुनेछ ।

तस्बीर: एन्फा

राष्ट्रिय लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय