News Summary
Generated by OK AI. Editorially reviewed.- आर्सनलले एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
- इबेरेची एजेले दोस्रो हाफमा मैदान प्रवेश गर्दै निर्णायक गोल गरे ।
- आर्सनलले मान्सफिल्ड टाउनलाई २-१ ले पराजित गरेको हो ।
२३ फागुन, काठमाडौं । इबेरेची एजेले दोस्रो हाफमा मैदान प्रवेश गर्दै निर्णायक गोल गरेपछि आर्सनलले तेस्रो श्रेणीको मान्सफिल्ड टाउनलाई शनिबार २-१ ले पराजित गर्दै एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
इएफएल लिग वान खेल्ने क्लब मान्सफिल्डको घरेलु मैदान फिल्ड मिलमा भएको खेलमा नोनी मादुएकेले ४१औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
घरेलु टोली मान्सफिल्डका लागि विल्स इभान्सले ५०औं मिनेटमा गोल गर्दे खेल बराबरीमा ल्याएका थिए ।
तर वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका एजेले ६६औं मिनेटमा निर्णायक गोल गरे । एजे ६२औं मिनेटमा काई हाभार्टको स्थानमा मैदान प्रवेश गरेका थिए ।
हाल प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको आर्सनलले सर्वाधिक १४ पटक एफए कप उपाधि जितेको छ ।
यसअघि नै लिभरपुल एफए कपको क्वाटरफाइनल पुगिसकेको छ ।
प्रतिक्रिया 4