News Summary
Generated by OK AI. Editorially reviewed.- रियल मड्रिडले फेडरिको भलभर्डेको दोस्रो हाफको इन्जुरी टाइम गोलले स्पानिस ला लिगामा सेल्टा भिगोलाई २-१ ले पराजित गरेको छ।
- रियलले २७ खेलबाट ६३ अंक जोडेको छ भने बार्सिलोनाले एक खेल कम खेलेर ६४ अंक बनाएको छ।
- अउरेलियम चुवामेनीले ११औं मिनेटमा र बोर्जा इग्लेसिसले २५औं मिनेटमा गोल गरेका थिए।
२३ फागुन, काठमाडौं । फेडरिको भलभर्डेले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा सेल्टा भिगोलाई २-१ ले पराजित गरेको छ ।
यो जितपछि रियलले शीर्ष स्थानको बार्सिलोना विरुद्धको अंकदूरी १ मा झारेको छ ।
रियलले २७ खेलबाट ६३ अंक जोडेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ६४ अंक छ ।
अउरेलियम चुवामेनीले खेलको ११औं मिनेटमै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
सेल्टाका बोर्जा इग्लेसिसले २५औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।
बराबरीतर्फ अग्रसर भइरहेको खेलमा दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा भलभर्डेले गोल गर्दै रियललाई जित दिलाएका हुन् ।
प्रतिक्रिया 4