News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसीले भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको टी२० विश्वकप २०२६ को प्लेअर अफ दी टुर्नामेन्टका लागि ८ खेलाडीको मनोनयन सूची सार्वजनिक गरेको छ ।
- मनोनयनमा न्युजिल्याण्ड, दक्षिण अफ्रिका, भारत, इंग्ल्यान्ड, पाकिस्तान र अमेरिकाका खेलाडीहरु रहेका छन् ।
- इंग्ल्यान्डको विल ज्याक्सले अलराउण्ड प्रदर्शन (२२६ रन र ९ विकेट) गर्दै ४ पटक प्लेअर अफ दि म्याचको अवार्ड जितेका थिए ।
२२ फागुन, काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको आईसीसी टी२० विश्वकप २०२६ को प्लेअर अफ दी टुर्नामेन्टको मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक भएको छ ।
आयोजक अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले फाइनल खेलअघि प्लेअर अफ दी टुर्नामेन्ट-पिओटीएम(उत्कृष्ट खेलाडी)को दाबेदारमा रहेका ८ खेलाडीको मनोनयन सूची सार्वजनिक गरेको हो ।
जसमा सर्वाधिक ४ पटक प्लेअर अफ दि म्याचको अवार्ड जितेका इंग्ल्याण्डका विल ज्याक्सदेखि सर्वाधिक विकेट लिनेमा शीर्ष स्थानमा रहेका अमेरिकी बलर स्याड्ली भान शावायकसम्म छन् ।
मनोनयनमा फाइनल पुगेको न्युजिल्याण्ड र सेमिफाइनलबाट बाहिरिएको दक्षिण अफ्रिकाबाट सर्वाधिक दुई-दुई खेलाडी छन् । यस्तै फाइनल पुगेका भारत र सेमिफाइनलमा पराजित इंग्ल्याण्ड, सुपर एटबाट बाहिरिएको पाकिस्तान र समूह चरणबाटै बाहिरिएका अमेरिकाको एक खेलाडी छन् ।
न्युजिल्याण्डबाट ओपनर टिम सेफर्ट तथा अलराउण्डर रचिन रविन्द्रा उत्कृष्ट खेलाडीको मनोनयनमा छन् भने दक्षिण अफ्रिकाबाट कप्तान एइडेन मार्क्रम र फास्ट बलर लंगी एनगिडी छन् ।
यस्तै आयोजक भारतका ओपनर सन्जु सामसन, इंग्ल्याण्डका अलराउण्डर विल ज्याक्स र अमेरिकी फास्ट बलर स्याड्ली भान छन् ।
सर्बोत्कृष्ट खेलाडी बन्ने होडमा इंग्ल्याण्डका अलराउण्डर विल ज्याक्स सबैभन्दा अघि छन् । उनले ८ खेल खेल्दा ब्याटिङमा २२६ रन बनाउँदा बलिङमा ९ विकेट लिएका छन् ।
ब्याटिङमा तल्लो अर्डरमा आएर फिनिसरको भूमिका निभाएका उनले बलिङमा नयाँ बल लिएर बलिङ समेत गरेका थिए । साथै उनले चार खेलमा प्लेअर अफ दि म्याच अवार्ड समेत जितेका थिए ।
इंग्ल्याण्ड संकटमा परेका बेला ब्याटिङबाट सहयोग गर्ने उनले आवश्यक परेका बेला विकेट लिएका थिए ।
यसैगरी मनोनयनमा परेका मध्ये पाकिस्तानका ओपनर शाहिबजादा फरानले यस संस्करणमा कीर्तिमानी दुई शतक प्रहार गर्दै ७ खेलबाट सर्वाधिक ३८३ रन बनाएका छन् । उनी एकै संस्करणमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् ।
यस्तै मनोनयनमा परेकामध्ये ब्याटरतर्फ दक्षिण अमेरिकी कप्तान एइडन मार्क्रमले ८ खेलबाट २८६ रन बनाएका छन् । उनले सर्वाधिक रन बनाउनेमा चौथो स्थानमा छन् ।
मनोनयनमा परेका अर्का अलराउण्डर न्युजिल्याण्डका रचिनले पनि अलराउण्ड प्रदर्शन गरेका छन् । उनले ८ खेलमा १२८ रन बनाउनुका साथै ११ विकेट लिएका छन् । उनी न्युजिल्याण्डका लागि सर्वाधिक विकेट लिने खेलाडी समेत हुन् । वान डाउनमा ब्याटिङ गर्ने उनी मिडल ओभरमा विकेट लिन पनि सक्षम छन् । उनि सर्वाधिक विकेट लिनेमा छैटौं स्थानमा छन् ।
यस्तै बलरहरुमा अमेरिकाका स्याड्ली भान र दक्षिण अफ्रिकन लुंगी एनगिडी छन् । स्याडलीले समूह चरणको ४ खेलबाटै ८.८० को इकोनोमीमा १३ विकेट लिएका थिए । हाल उनी सर्वाधिक विकेट लिनेमा शीर्ष स्थानमै छन् । उनले दुई खेलमा ४-४ विकेट लिएका थिए ।
यस्तै दक्षिण अफ्रिकाका एनगिडीले ७ खेलमा ७.१९ को इकोनोनीमा १२ विकेट लिएका छन् । उनी दक्षिण अफ्रिकाका लागि मुख्य बलरको रुपमा थिए । उनी सर्वाधिक विकेट लिनेमा पाँचौ स्थानमा छन् ।
न्युजिल्याण्डका लागि यस संस्करणमा ओपनिङ गरेका टिम सेफर्टले ८ खेलमा १६१.१७ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै २७४ रन बनाएका छन् । उनी सर्वाधिक रन बनाउनेमा छैटौं स्थानमा छन् ।
यस्तै सहआयोजक भारतबाट मनोनयनमा परेका एक मात्र खेलाडी हुन सन्जु सामसन । सुरुवाती खेलहरुमा खासै अवसर नपाएपनि पछिल्ला चार खेल खेलेका उनले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । उनले ४ खेलमा २०१.७३ को स्ट्राइक रेटमा २३२ रन बनाएका छन् । विशेषगरी उनले भर्चुल क्वाटरफाइनलको रुपमा रहेको वेस्ट इन्डिज विरुद्ध सुपर एट खेलमा अविजित ९७ रन प्रहार गर्दै भारतलाई जिताएका थिए । यस्तै दक्षिण अफ्रिका विरुद्ध सेमिफाइनलमा ८९ रन बनाएका थिए ।
प्रतिक्रिया 4