News Summary
Generated by OK AI. Editorially reviewed.- वेस्ट इन्डिज क्रिकेट टिमलाई भारतमै रोकिएको अवस्थामा चार्टर्ड फ्लाइटको व्यवस्था गरी घर फर्काउने तयारी भइरहेको छ।
- मुख्य प्रशिक्षक डारेन सामीले सामाजिक सञ्जालमा 'म घर जान चाहन्छु' भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
- केही वेस्ट इन्डिज खेलाडी आईपीएलका लागि भारतमै रहनेछन्, जसको प्रशिक्षण मार्च २८ देखि सुरु हुँदैछ।
२१ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ मा भारतसँग पराजित भएपछि बाहिरिएको वेस्ट इन्डिज क्रिकेट टिम केही दिनयता भारतमै रोकिएपछि टिमलाई लिन चार्टर्ड फ्लाइटको व्यवस्था हुने भएको छ ।
मध्यपूर्वमा उत्पन्न भएको तनावका कारण प्रतियोगिताबाट बाहिरिएपछि पनि वेस्ट इन्डिज टोली घर फर्कन नपाएर कोलकातामै रोकिएको थियो । तनावपछि अन्तर्राष्ट्रिय उडान मार्गहरूमा लगाइएको प्रतिबन्धका कारण टोलीको यात्रा योजना प्रभावित भएको हो। यही कारणले वेस्ट इन्डिजका खेलाडी र सपोर्ट स्टाफ केही दिनदेखि भारतमै अड्किएका थिए।
टोली घर फर्कन नपाएपछि मुख्य प्रशिक्षक डारेन सामीले बिहीबार सामाजिक सञ्जालमा लगातार तीन ट्वीट गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए। पहिलो ट्वीटमा उनले ‘म घर जान चाहन्छु’ भन्दै निराशा व्यक्त गरेका थिए।
त्यसपछि उनले अर्को ट्वीटमा कम्तीमा यात्रा योजनाबारे जानकारी दिन आग्रह गरे। ‘कम्तीमा अपडेट त दिनुस्। आज, भोलि कि अर्को हप्ता? पाँच दिन भइसक्यो’ उनले लेखेका थिए। केही घण्टापछि उनले अर्को पोस्ट गर्दै भने, ‘अपडेट आयो। वेस्ट इन्डिजले चाहेको यही थियो।’
सामीका ती ट्वीट सार्वजनिक भएको केही समयमै टोलीलाई घर फर्काउन चार्टर्ड विमानको व्यवस्था गरिएको बताइएको छ। एक स्रोतले समाचार एजेन्सीलाई वेस्ट इन्डिज टोलीलाई स्वदेश फर्काउन चार्टर्ड फ्लाइटको व्यवस्था गरिएको जानकारी दिएको छ।
वेस्ट इन्डिजका केही खेलाडी भने भारतमै रहने भएका छन्, किनकि उनीहरू आसन्न इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का लागि आफ्नो–आफ्नो फ्रेन्चाइजसँग आबद्ध छन्।
रोभमन पावेल कोलकाता नाइट राइडर् मा आबद्ध छन् भने शेरफन रदरफोर्ड मुम्बई इन्डियन्सका खेलाडी हुन्। त्यसैगरी शिम्रोन हेटमायर राजस्थान रोयल्स र रोमारियो शेपहर्ड रोयल च्यालेन्जर्स बेंगलुरुबाट खेल्नेछन्, जसका लागि प्रशिक्षण शिविर केही दिनमै सुरु हुँदैछ।
आईपीएल मार्च २८ देखि हुँदैछ ।
प्रतिक्रिया 4