+

यमालको गोलमा बार्सिलोना विजयी, शीर्ष स्थानमा चार अंकको अग्रता

२०८२ फागुन  २४ गते ७:२४ २०८२ फागुन २४ गते ७:२४
यमालको गोलमा बार्सिलोना विजयी, शीर्ष स्थानमा चार अंकको अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लामिन यमालको एक मात्र गोल मदतमा ला लिगामा बार्सिलोनाले एथ्लेटिक क्लबलाई १-० ले पराजित गरेको छ ।
  • शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको बार्सिलोनाले २७ खेलबाट ६७ अंक जोडेको छ । दोस्रो स्थानको रियल मड्रिडको ६३ अंक छ ।
  • १८ वर्षिय लामिन यमालले ६८औं मिनेटमा पेड्रीको पासमा गोल गरेका थिए ।

२४ फागुन, काठमाडौं । लामिन यमालको एक मात्र गोल मदततमा स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले एथ्लेटिक क्लबलाई १-० ले पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ ।

यो जितपछि लिग लिडर बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि फेरि ४ अंकको अग्रता कायम गरेको छ ।

जितपछि बार्सिलोनाले २७ खेलबाट ६७ अंक जोडेको छ । समान खेलबाट रियलको ६३ अंक छ । मड्रिडले शुक्रबार राती सेल्टा भिगोलाई हराउँदै बार्सिलोनासँग अंकदूरी एक मा झारेको थियो ।

एथ्लेटिक क्लब ३५ अंकसहित नवौँ स्थानमा छ ।

एथ्लेटिकको मैदान स्टाडियो डे सान माम्समा भएको खेलमा यमालले ६८औं मिनेटमा पेड्रीको पासमा एक मात्र गोल गरेका थिए ।

१८ वर्षिय यमालको यस सिजन यो १९औं गोल हो । गत साता उनले भियारियाल विरुद्ध करियरकै पहिलो ह्याट्रिक गरेका थिए ।

बार्सिलोना ला लिगा लामिन यमाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय