News Summary
Generated by OK AI. Editorially reviewed.- कास्कीको लालिगुराँस एसोसिएसन र काठमाडौंको संकटा क्लबले राष्ट्रिय लिग फुटबलमा आइतबार गोलरहित बराबरी खेलेका छन्।
- लालिगुराँसले ९ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ भने संकटा १० अंकसहित आठौं स्थानमा छ।
- मछिन्द्र एफसीले जावलाखेल युथ क्लबलाई २-० ले हराएर दोस्रो स्थानमा पुगेको छ।
२४ फागुन, काठमाडौं । कास्कीको लालिगुराँस एसोसिएसन र काठमाडौंको संकटा क्लबले राष्ट्रिय लिग फुटबलमा आइतबार बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा लालिगुराँस र संकटाले गोलरहित बराबरीमा चित्त बुझाए ।
दुवै टोलीले गोल गर्ने केही अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।
यस राष्ट्रिय लिगमा अपराजित रहेको लालिगुराँसको यो चौथो बराबरी हो । ९ खेलबाट १९ अंक जोडेको लालिगुराँस अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ ।
मछिन्द्र एफसी समान अंक भएपनि गोलअन्तरमा लालिगुराँस अघि रहेको छ । दिनको पहिलो खेलमा मछिन्द्रले जावलाखेल युथ क्लबलाई २-० ले हराएर दोस्रो स्थानमा उक्लेको थियो ।
यस्तै ९ खेलबाट १० अंक जोडेको संकटा आठौं स्थानमा उक्लेको छ ।
तस्बीर: एन्फा
प्रतिक्रिया 4