+

एन्फाविरुद्ध ‘ए’ डिभिजन क्लबहरू नै आन्दोलित (तस्वीरहरू)

२०८२ चैत  २ गते १३:४८ २०८२ चैत २ गते १३:४८

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी ढंगले निर्णय गरिएको भन्दै क्लबहरू नै आन्दोलित बनेका छन् ।

एन्फाविरुद्ध ‘ए’ डिभिजन क्लबहरू नै आन्दोलित (तस्वीरहरू)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी निर्णय गरेको भन्दै क्लबहरू आन्दोलित भएका छन्।
  • क्लबहरूले गत कात्तिक १७ गते भएको सहमति कार्यान्वयन गर्न र लिग मिति तोक्न प्राविधिक तथा आर्थिक पक्षमा सहमति गर्न माग गरेका छन्।
  • एन्फाले चैत ३० गतेदेखि लिग सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ भने क्लबहरूले १४ क्लबको सहभागिता अनिवार्य गर्नुपर्ने बताएका छन्।

२ चैत, काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी ढंगले निर्णय गरिएको भन्दै क्लबहरू नै आन्दोलित बनेका छन् ।

आज सोमबार पत्रकार सम्मेलन गरी क्लबहरूले माग तत्काल सम्बोधन गर्न माग गर्दै धर्ना दिएका हुन् । एन्फा र क्लबहरूबीच गत कात्तिक १७ गते भएको सहमति कार्यान्वयन गर्न उनीहरूको माग छ ।

एन्फाले यही चैत ३० गतेदेखि गर्ने गरी लिगको तालिका सार्वजनिक गरेको छ । तर क्लबहरूले नियमानुसार १४ क्लबको सहभागिता गर्नपर्ने, प्राविधिक र आर्थिक पक्षमा सहमति गरेर मात्र लिगको मिति तोक्नुपर्ने माग राखेका छन् ।

आन्दोलन ए डिभिजन क्लब एन्फा
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय