+

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

२०८३ वैशाख  २७ गते १५:०६ २०८३ वैशाख २७ गते १५:०६
काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आगामी जेठ ८ देखि १५ गतेसम्म काठमाडौंको दशरथ रंगशाला कभर्डहलमा काभा महिला भलिबल च्याम्पियनसिप हुनेछ ।
  • नेपाल भलिबल संघले आइतबार ट्रफी सार्वजनिक गरेको छ र प्रतियोगितामा नेपालसहित ८ टोली सहभागी हुनेछन् ।
  • प्रतियोगिताको बजेट २ करोड ५० लाख रहेको छ, जसमा नेपाल सरकारले १ करोड र काठमाडौं महानगरपालिकाले ३० लाख सहयोग गरेको छ ।

२७ वैशाख, काठमाडौं । आगामी जेठ ८ गतेदेखि काठमाडौंमा सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक भएको छ । नेपाल भलिबल संघले आइतबार एक कार्यक्रम गर्दै औपचारिक रुपमा ट्रफी सार्वजनिक गरेको हो ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेल, राष्ट्रिय खेलकुद परिषद् आर्थिक शाखा प्रमुख ऋषिराम पोखरेल लगायतले ट्रफी अनावरण गरे ।

जेठ ८ देखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित दसरथ रंगशादा कभर्डहलमा हुने च्याम्पियनसिपमा नेपालसहित ८ टोलीको सहभागिता रहनेछ ।

भलिबल संङका महासचिव रोशन श्रेष्ठले नेपालको भलिबल दिवसकै दिन प्रतियोगपता सुरु हुनु सुखद संयोग रहेको बताए । ‘जेठ ८ गते नेपाल भलिबल डे हामीले यसअघि विभिन्न कार्यक्रम गर्दै मनाउँदै आएका छाैं । यस पटक संयोगवश काभा महिला भलिबल च्याम्पियनसीप त्यही दिन सुरु हुँदैछ’ उनले भने ।

यस्तै च्याम्पियनसिपको बजेट २ करोड ५० लाख अनुमानित रहेको श्रेष्ठले बताए । त्यसमा नेपाल सरकारको १ करोड र काठमाडौं महानगरपालिकाले ३० लाख सहयोग रहेको पनि श्रेष्ठले जानकारी दिए ।

यो प्रतियोगपिता एफआईभिबी वर्ल्ड वरियताको प्रतियोगिता भएकोले यश प्रतियोगिताबाट नेपालले उत्कृष्ट नतिजा ल्याउन सके महिला टिमको वरियता माथि जाने भलिबल संघले विश्वास राखेको छ ।

प्रतियोगिताको लागि सुरुमा २० खेलाडी राखेर तयारी सुरु गरिएको र अहिले १६ जना प्रशिक्षणमा रहेको भलिबल संघका अध्यक्ष चन्दले जानकारी दिए ।

यस च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण हिमालयन स्पोर्ट्सले गर्नेछ ।

काभा महिला भलिबल च्याम्पियनसिप नेपाल भलिबल संघ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय