+

खेल सुरु भएको १० सेकेन्डमै भ्लाहोभिचको गोल

२०८३ वैशाख  २७ गते १२:५६ २०८३ वैशाख २७ गते १२:५६
खेल सुरु भएको १० सेकेन्डमै भ्लाहोभिचको गोल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इटालियन क्लब युभेन्ट्सका फरवार्ड डुसान भ्लाहोभिचले सिरि ए मा खेल सुरु भएको १० सेकेन्डमै गोल गरेका छन्।
  • भ्लाहोभिचले गरेको गोलमा युभेन्ट्सले लेसेलाई १-० ले पराजित गरेको छ।
  • यो जितपछि युभेन्ट्स ३६ खेलबाट ६८ अंकसहित तेस्रो स्थानमा उक्लेको छ भने लेसे ३२ अंकसहित १७औं स्थानमा छ।

२७ वैशाख, काठमाडौं । इटालियन क्लब युभेन्ट्सका फरवार्ड डुसान भ्लाहोभिचले सिरि ए मा खेल सुरु भएको १० सेकेन्डमै गोल गरेका छन् ।

भ्लाहोभिचले १० सेकेन्डमै गरेको गोलमा युभेन्ट्सले लेसेलाई १-० ले पराजित गरेको हो । उनले आन्द्रे क्याम्बियासोको पसामा गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन् ।

सन् २००४ देखि रेकर्ड राख्न थालेयता भ्लाहोभिचको गोल नै सिरी उ मा सबैभन्दा चाँडै भएको गोल हो ।

त्यसपछि पनि भ्लाहोचिभ र पिएरे कालुलुले दोस्रो हाफमा गोल गरेपनि भिएआरले अफसाइड देखाएको थियो ।

यो जितपछि युभेन्ट्स ३६ खेलबाट ६८ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । रेलिगेसनबाट बच्न संघर्षरत लेसे ३६ खेलबाट ३२ अंकसहित १७औं स्थानमा छ ।

डुसान भ्लाहोभिच

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय