+

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डिङ च्याम्पियन ट्रिनिटीको विजयी सुरुवात

२०८३ वैशाख  २६ गते २१:५५ २०८३ वैशाख २६ गते २१:५५
बुटवलमा महिला फुटबल सुरु, डिफेन्डिङ च्याम्पियन ट्रिनिटीको विजयी सुरुवात

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०८३ शनिबारदेखि सुरु भएको छ।
  • उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ट्रिनिटी क्लब, वालिङले पद्मा स्पोर्ट्स क्लबलाई १–० गोलले पराजित गरेको छ।
  • प्रतियोगितामा ८ टोली सहभागी छन् र विजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

२६ वैशाख , बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०८३ शनिबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको उद्दघाटन खेलमा डिफेन्डिङ च्याम्पियन ट्रिनिटी क्लब, वालिङ विजयी भएको छ । ट्रिनिटीले पद्मा स्पोर्ट्स क्लब, ओखलढुङ्गालाई १–० गोलले पराजित गरेको हो ।

बुटवल ७ को सिद्धेश्वर मावि खेल मैदानमा भएको खेलमा वालिङले पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो । खेल सुरु भएको छैटौं मिनेटमा भूमिका बुढाथोकिले गोल गरेकी थिइन् । दिक्षा रनपालले डिबक्सको दाँया कर्नरबाट निकालेको बललाई भूमिकाले वान टचमा गोल गरेकी हुन ।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको २०औं मिनेटमा पद्मा क्लबले पेनाल्टी प्राप्त गरेपनि पोषणी बोहोराले गोल गर्न असफल भइन् । खेलमा पद्मा कलबले पोस्ट आक्रमण निकै गरेको भएपनि ट्रिनिटी क्लबकी गोलकिपर सावित्री किसनले बचाउ गरिन् ।

खेलमा ट्रिनिटीकी गोलरक्षक सावित्री किसन प्लेयर अफ द म्याच हुँदै नगद ५ हजार प्राप्त गरिन् ।

आइतबार आयोजक बिस पचहत्तर युवा क्लब बुटवल र अभिषेक चर्च नवलपुरका बीचमा हुने सचिव दिपक गुरुङले जनाएका छन् ।

बीस पचहत्तर युवा परिवारको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका थिए ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ र उपविजेता टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलको प्लेयर अफ दि म्याच हुने खेलाडीले ५ हजार नगद प्राप्त गर्ने छन् ।

प्रतियोगिता हेर्न आउने दर्शकका लागि करिब ३ हजार क्षमता भएको अस्थायी प्यारापिट निर्माण गरिएको छ । जेठ २ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी रहेका छन् ।

दोस्रो राष्ट्रिय महिला फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय