+

प्रिमियर लिगमा लिभरपुल र चेल्सीको बराबरी

२०८३ वैशाख  २६ गते १९:१६ २०८३ वैशाख २६ गते १९:१६
प्रिमियर लिगमा लिभरपुल र चेल्सीको बराबरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा लिभरपुलले घरेलु मैदानमा चेल्सीविरुद्ध १-१ को बराबरी खेलेको छ।
  • लिभरपुलले छैटौं मिनेटमा रायन ग्राभनबर्कको गोलले अग्रता लिएको थियो।
  • चेल्सीका एन्जो फर्नान्डेजले ३५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

२६ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् ।

शनिबार साँझ लिभरपुलले घरेलु मैदानमा चेल्सीविरुद्ध अग्रता लिएपनि जोगाउन नसक्दा १-१ को बराबरी खेलेको हो ।

छैटौं मिनेटमा नै रायन ग्राभनबर्कको गोलमार्फत लिभरपुलले गोल गरेको थियो । एन्जो फर्नान्डेजले ३५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफमा कुनै पनि टोलीबाट थप गोल हुन सकेन र खेल १-१ कै बराबरीमा सकियो ।

बराबरीपछि चौथो स्थानको लिभरपुलको ३६ खेलमा ५९ अंक भएको छ भने चेल्सी समान खेलबाट ४९ अंकसहित नवौं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग चेल्सी लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय