+

रेसिङ सहाराले जित्यो कोहलपुर गोल्डकप फुटबलको उपाधि

२०८३ वैशाख  २६ गते २१:४९ २०८३ वैशाख २६ गते २१:४९
रेसिङ सहाराले जित्यो कोहलपुर गोल्डकप फुटबलको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोहलपुर रेसिङ सहारा क्लबले चौथो कोहलपुर गोल्डकप २०८३ को उपाधि जितेको छ।
  • फाइनल खेलको निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल पेनाल्टीमा पुग्यो र त्यसपछि सडन डेथमा कोहलपुर रेसिङ सहाराले जित सुनिश्चित गर्‍यो ।
  • कोहलपुर रेसिङ सहारा क्लबले ट्रफी, मेडल, प्रमाणपत्रसहित आठ लाख रुपैयाँ प्राप्त गरेको छ भने नेपाल पुलिस क्लबले चार लाख रुपैयाँ प्राप्त गरेको छ ।

२६ वैशाख, बाँके । चौथो कोहलपुर गोल्डकप फुटबल २०८३ को उपाधि आयोजक कोहलपुर रेसिङ सहारा क्लबले जितेको छ ।

कोहलपुर रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई सडन डेथमा ४–३ गोल अन्तरले पराजित गर्दै कोहलपुर रेसिङ सहारा क्लबले पहिलोपटक कोहलपुर गोल्डकपको उपाधि जितेको हो ।

फाइनल खेलको निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल टाइब्रेकरमा गएको थियो । फाइनल खेल सुरु ५ मिनेटमै कोहलपुर रेसिङ सहारा क्लबका चेतन चौधरीले गोल गरेका थिए ।

दोस्रो हाफको पहिलो मिनेटमै नेपाल पुलिसका सञ्जिव लामाले उत्कृष्ट गोल फर्काउँदै नतिजा बराबर गरेका थिए । ९० मिनेटको खेलमा दुवै टिमले थप गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टीमा पुग्यो ।

पेनाल्टीमा समेत नतिजा बराबर भएपछि खेल सडेन डेथमा पुगेको थियो । सडेन डेथमा रेसिङ सहाराका फागुराम चौधरी, चेतन चौधरी, सन्दिप केसी र सुजन मगरले गोल गरेर नतिजा आफ्नो पक्षमा पारेका थिए । नेपाल पुलिस क्लबका राम वाजी, सन्जिव लामा र हेमन्त श्रेष्ठले मात्र गोल फर्काएका थिए ।

विजेता कोहलपुर रेसिङ साहारा क्लबले ट्रफी,मेडल,प्रमाणपत्रसहित आठ लाख रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता नेपाल पुलिस क्लबले मेडल,प्रमाणपत्रसहित चार लाख रूपैयाँ प्राप्त गरेको हो ।

विधागततर्फ कोहलपुर रेसिङ सहारा क्लबका कप्तान तथा गोलरक्षक मुकुन्द घर्तीमगर प्लेअर अफ टुनामेन्ट बन्दै ५१ हजार रुपैयाँ प्राप्त गरे । कोहलपुर रेसिङ साहारा क्लबका प्रशिक्षक जनक केसी उत्कृष्ट प्रशिक्षक बन्दै मेडल प्रमाणपत्र र दश हजार रुपैयाँ प्राप्त गरे ।

कोहलपुर रेसिङ सहारा क्लबका चेतन चौधरी उत्कृष्ट डिफेन्डर र रेसिङ सहाराकै लक्ष्मण राना मगर राईजिङ प्लेयर अफ द टुर्नामेन्ट बन्दै नगद १०/१० हजार रुपैयाँ प्राप्त गरे ।

नेपाल पुलिस क्लबका शत्रुधन चौधरी उत्कृष्ट गोलकिपर, नेपाल पुलिस क्लबका राम वाजी उत्कृष्ट मिडफिल्डर र नेपाल पुलिस क्लबका आशिष थारु उत्कृष्ट फरवार्ड तथा उच्च गोलकर्ता बन्दै समान १०/१० हजार रुपैयाँ प्राप्त गरे ।

चौथो कोहलपुर गोल्डकपमा आठ टिम सहभागी थिए ।

कोहलपुर गोल्डकप फुटबल रेसिङ सहारा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय