+

फिफा विश्वकप खेल्न इरान सकारात्मक, तर राख्यो १० बुँदे शर्त

२०८३ वैशाख  २७ गते १२:५२ २०८३ वैशाख २७ गते १२:५२
फिफा विश्वकप खेल्न इरान सकारात्मक, तर राख्यो १० बुँदे शर्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानले फिफा विश्वकपमा सहभागी हुने संकेत दिएको छ र १० वटा सर्त फिफासमक्ष राखेको छ ।
  • इरानी फुटबल महासंघले खेलाडी, प्रशिक्षक र अफिसियललाई बिना अवरोध भिसा दिनुपर्ने माग गरेको छ ।
  • अमेरिकी विदेशमन्त्रीले इरानी खेलाडीलाई स्वागत गर्ने तर सैन्य समूहसँग सम्बन्धित व्यक्तिमाथि प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिएका छन् ।

२७ वैशाख, काठमाडौं । इरानले फिफा विश्वकपमा सहभागी हुने संकेत दिएको छ । तर त्यसका लागि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र आयोजक देशहरूसँग केही शर्तहरू अघि सारेको छ ।

इरानी फुटबल महासंघले आफ्नो देशको विश्वास, संस्कृति र मूल्यबाट पछि नहट्ने भन्दै प्रतियोगितामा खेल्ने जनाएको छ । साथै आफ्ना चिन्ताहरूलाई ध्यान दिन आयोजकहरूसँग आग्रह गरेको छ ।

यो विवाद इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताजलाई गत महिना क्यानडामा प्रवेश गर्न नदिइएपछि सुरु भएको थियो । त्यसपछि इरानले विश्वकपमा सहभागी हुन १० वटा सर्त फिफासमक्ष राखेको जनाएको छ ।

इरानले खेलाडी, प्रशिक्षक र अफिसियलहरूलाई बिना अवरोध भिसा दिनुपर्ने माग गरेको छ । विशेषगरी इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्ससँग सम्बन्धित व्यक्तिहरूलाई पनि प्रवेश अनुमति दिनुपर्ने उसको माग छ ।

इरानले आफ्नो राष्ट्रिय झण्डा र राष्ट्रिय गानको सम्मान हुनुपर्ने, साथै विमानस्थल, होटल र रंगशालामा थप सुरक्षा व्यवस्था मिलाउनुपर्ने माग पनि गरेको छ । तर भिसा, सीमा नियन्त्रण र सुरक्षा जाँचजस्ता विषय फिफाभन्दा बढी अमेरिका र अन्य आयोजक देशहरूको अधिकारभित्र पर्ने भएकाले यी माग पूरा गर्न चुनौती देखिएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी खेलाडीहरूलाई विश्वकपमा स्वागत गरिने बताएका छन् । तर इरानको सैन्य समूहसँग सम्बन्धित व्यक्तिमाथि प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिएका छन् ।

यसले फिफालाई सबै छनोट भएका टोलीलाई प्रतियोगितामा सहभागी गराउने र अन्तर्राष्ट्रिय राजनीतिक तनावबीच सन्तुलन कायम गर्ने कठिन जिम्मेवारी दिएको छ ।

यसअघि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका थिए भने इरानले पनि जवाफी हमला गरेको थियो । अहिले युद्धविराम भए पनि अवस्था संवेदनशील छ ।

यद्यपि हालसम्म इरानले विश्वकपबाट नाम फिर्ता लिने कुनै संकेत दिएको छैन । बरु आफ्नो सहभागिताका सर्तहरूबारे फिफा र सम्बन्धित देशहरूसँग छलफल गरिरहेको छ ।

-बीबीसीबाट

इरान फुटबल फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय