News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले ब्रेन्टफोर्डमाथि ३-० को जित हासिल गरेको छ।
- सिटीका जेरेमी डोकु, एर्लिङ हालान्ड र ओमर मरमाउशले दोस्रो हाफमा एक-एक गोल गरे।
- सिटीको ३५ खेलबाट ७४ अंक हुँदा आर्सनलको समान खेलबाट ७६ अंक छ र उपाधि दौड रोमाञ्चक छ।
२७ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले ब्रेन्टफोर्डमाथि ३-० को जित हासिल गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा जेरेमी डोकु, एर्लिङ हालान्ड र ओमर मरमाउशले एक-एक गोल गरे । सबै गोल दोस्रो हाफमै भएका थिए ।
६०औं मिनेटमा डोकुले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए भने ७५औं मिनेटमा हालान्डले अग्रता दोब्बर पारे । इन्जुरी समयको दोस्रो मिनेटमा मरमाउशले गोल गर्दै ३-० को जित पक्का गरे ।
यो जितसँगै दोस्रो स्थानको सिटीको ३५ खेलबाट ७४ अंक भएको छ । शीर्षस्थानको आर्सनलको समान खेलबाट ७६ अंक छ । यसपटक उपाधि दौड रोमाञ्चक बनेको छ ।
अब दुवै टोलीले ३-३ खेल खेल्न बाँकी छ । यसै साता आर्सनलको खेल बाँकी नै छ भने सिटीको डबल गेमविक अन्तर्गतको खेल बाँकी छ ।
प्रतिक्रिया 4