+

पीएसएल खेल्न पाकिस्तान प्रस्थान गरे दीपेन्द्र

२०८२ चैत  ९ गते १३:१९ २०८२ चैत ९ गते १३:१९
पीएसएल खेल्न पाकिस्तान प्रस्थान गरे दीपेन्द्र

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग खेल्न सोमबार पाकिस्तान प्रस्थान गरेका छन्।
  • इस्लामाबाद युनाइटेडले दीपेन्द्रलाई ६० लाख पाकिस्तानी रुपैयाँमा अनुबन्ध गरेको छ।
  • पाकिस्तान सुपर लिग २०२६ यसपटक दर्शकबिना लाहोर र कराँचीमा मात्रै खेलाइनेछ।

९ चैत, काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने पाकिस्तान प्रस्थान गरेका छन् ।

इस्लामाबाद युनाइटेडमा अनुबन्ध भएका दीपेन्द्र पीएसएल खेल्न सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । पश्चिम एसियाको तनावका बीच दीपेन्द्र काठमाडौंबाट दुबई हुँदै पाकिस्तान प्रस्थान गरेका हुन् ।

उनलाई इस्लामावादले ६० लाख पाकिस्तानी रुपैयाँ (करिब ३१ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको थियो ।

पाकिस्तान सुपर लिग (पीएसएल) २०२६ यसपटक दर्शकबिना खेलाइने छ । पश्चिम एशियामा जारी संकटका कारण प्रतियोगिता अब केवल लाहोर र कराँचीमा मात्रै खेलाइनेछ।

पहिले ६ सहरमा हुने तय भए पनि सुरक्षा र इन्धन संकटका कारण स्थान घटाइएको हो। लाहोरमा हुने उद्घाटन समारोह पनि रद्द गरिएको छ ।

दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय