+

आर्सनललाई हराउँदै सिटीले जित्यो लिग कपको उपाधि

२०८२ चैत  ९ गते ७:२० २०८२ चैत ९ गते ७:२०
आर्सनललाई हराउँदै सिटीले जित्यो लिग कपको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यान्चेस्टर सिटीले इंग्लिस फुटबल लिग कपको फाइनलमा आर्सनललाई २-० ले हराउँदै उपाधि जितेको छ।
  • निक ओ\'रिलीले दोस्रो हाफको ६०औं र ६४औं मिनेटमा गोल गर्दै सिटीको जित सुनिश्चित गरेका थिए।
  • सिटीका प्रशिक्षक पेप ग्वार्डिओला पाँचपटक ईएफएल कप जित्ने पहिलो प्रशिक्षक बनेका छन् र सिटीको यो नवौं उपाधि हो।

९ चैत, काठमाडौं । म्यान्चेस्टर सिटीले इंग्लिस फुटबल लिग (ईएफएल) कपको उपाधि जितेको छ ।

गएराति वेम्बले स्टेडियममा भएको फाइनलमा आर्सनललाई हराउँदै सिटीले उपाधि जितेको हो ।

सिटीले आर्सनलमाथि २-० को जित दर्ता गर्‍यो । दुवै गोल निको ओ’रिलीले गरे । उनले दोस्रो हाफको ६०औं र ६४औं मिनेटमा गोल गरेका थिए ।

योसँगै सिटीका प्रशिक्षक पेप ग्वार्डिओला ईएफएल कप पाँचपटक जित्ने पहिलो प्रशिक्षक समेत बनेका छन् । सिटीको भने यो नवौं उपाधि हो ।

 

आर्सनल ईएफएल कप म्यान्चेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय