+

खेलाडीलाई मैदानभित्र खेल्न वञ्चित नगरियोस् : फुटबल खेलाडी संघ

२०८२ चैत  ८ गते २१:२६ २०८२ चैत ८ गते २१:२६
खेलाडीलाई मैदानभित्र खेल्न वञ्चित नगरियोस् : फुटबल खेलाडी संघ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल फुटबल खेलाडी संघले राष्ट्रिय लिग पुनः सञ्चालन गरी डिभिजन लिगहरू तय मितिमा सुरु गर्न अखिल नेपाल फुटबल संघसँग माग गरेको छ।
  • संघले व्यवस्थापकीय कमजोरीका कारण राष्ट्रिय लिग रोकिएको र डिभिजन लिगहरू प्रभावित हुने अवस्था सिर्जना भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
  • संघले मैदानबाहिरको विवादका कारण खेलाडीलाई मैदानभित्र खेल्ने अवसरबाट वञ्चित नगर्न सम्बन्धित पक्षसँग अपिल गरेको छ।

८ चैत, काठमाडौं । नेपाल फुटबल खेलाडी संघले खेलाडीलाई मैदानभित्र खेल्ने अवसरबाट वञ्चित नगर्न आग्रह गरेको छ।

खेलाडीहरुको दबाबपछि लामो समयपछि घरेलु फुटबलअन्तर्गत राष्ट्रिय लिग सञ्चालनमा आएको भए पनि पछिल्लो घटनाक्रमले फेरि अनिश्चितता सिर्जना गरेको भन्दै संघले चिन्ता व्यक्त गरेको छ।

डिभिजन लिगको माग यथावत रहँदै चैत ३० गतेदेखि ए डिभिजन लिग सुरु गर्ने तथा अन्य डिभिजन लिग यथाशीघ्र सञ्चालन गर्ने सहमति भए पनि त्यसको कार्यान्वयनमा अन्योल देखिएको संघको भनाइ छ।

संघले व्यवस्थापकीय कमजोरीका कारण राष्ट्रिय लिग रोकिएको र अब डिभिजन लिगहरू पनि प्रभावित हुने अवस्था सिर्जना भएको उल्लेख गरेको छ। यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले खेदसमेत प्रकट गरेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)सँग संघले रोकिएको राष्ट्रिय लिग तत्काल पुनः सञ्चालन गर्न र तय मितिमै डिभिजन लिगहरू सुरु गर्न माग गरेको छ।

संघले मैदानबाहिरको विवादका कारण खेलाडीहरूलाई मैदानभित्र खेल्ने अवसरबाट वञ्चित नगर्न समेत एन्फासँग अपिल गरेको छ।

यतिबेला एन्फा भने विवादको भूमरिमा फसेको छ । अर्ली इलेक्सन गराइछाड्ने अडान एन्फाको छ भने राखेपले अर्ली इलेक्सन र साधारणसभा नगराउन निर्देशन दिएको छ ।

एन्फा विवाद नेपाल फुटबल खेलाडी संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय