+

एचजेएनबीएलमा हाउण्ड्सको लगातार चौथो जित

२०८२ चैत  ८ गते २१:३० २०८२ चैत ८ गते २१:३०
एचजेएनबीएलमा हाउण्ड्सको लगातार चौथो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केभीसी हाउण्ड्सले एचजेएनबीएल २०२६ मा प्लेबक्स एरेनालाई ८३-७६ ले पराजित गर्दै चौथो जित हात पारेको छ।
  • सौरभ श्रेष्ठले २२ अंक बनाएर प्लेअर अफ दि म्याच घोषित भएका छन् ।
  • हाउण्ड्सले ७ खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ।

८ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा केभीसी हाउण्ड्सले चौथो जित हात पारेको छ ।

सुरुवाती तीन खेलमा पराजित भएपछि हाउण्ड्सले उत्कृष्ट पुनरागमन गर्दै चौथो जित हात पार्ने क्रममा प्लेबक्स एरेनालाई ८३-७६ ले पराजित गरेको हो ।

रोमाञ्चक खेलमा सुरुवाती दुई क्वाटरमा हाउण्ड्सले अग्रता बनाएको थियो भने अन्तिम दुई क्वाटर प्लेबक्सले आफ्नो पक्षमा पारेको थियो ।

हाउण्ड्सले पहिलो क्वाटर ३१-१९ र दोस्रो क्वाटर १८-१४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४९-३३ को अग्रता बनाएको थियो ।

त्यसपछि प्लेबक्सले तेस्रो क्वाटर २२-१८ र चौथो क्वाटर २१-१६ ले आफ्नो पक्षमा पारेपनि हाउण्ड्सलाई जितबाट रोक्न सकेन ।

हाउण्ड्सका सौरभ श्रेष्ठले सर्वाधिक २२ अंक स्कोर गरे । सौरभ प्लेअर अफ दि म्याच घोषित भए ।

लगातार चौथो जितपछि हाउण्ड्सले ७ खेलबाट ११ अंक जोडेको छ र तेस्रो स्थानमा उक्लेको छ । छैटौं हार बेहोरेको प्लेबक्स ७ खेलबाट ८ अंकसहित सातौं स्थानमा छ ।

यस्तै शनिबार राति भएको खेलमा गोल्डेनगेटले कीर्तिपुरलाई ८७-७२ ले पराजित गरेको थियो । गोल्डेनगेट ६ खेलबाट ५ जितपछि ११ अंक जोडेर चौथो स्थानमा छ ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।

पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् ।

यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।

एचजेएनबीएल केभीसी हाउण्ड्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय