News Summary
Generated by OK AI. Editorially reviewed.- आठौं संस्करणको इन्टरटेनमेन्ट टेबल टेनिस प्रतियोगिताको उपाधि महेश श्रेष्ठ, दिक्षा दाहाल र रिनोज ठकुरीको समूहले जितेको छ।
- रवि धक्ख्वा, एलेन महर्जन र विपुल महर्जनको समूह उपविजेता र राकेश महर्जन, स्ववेच्छा नेम्बाङ र प्रमेश कार्कीको समूह तेस्रो भएको छ।
- ईटीटीका अध्यक्ष सुमन खड्गीले विजेतालाई विदेश भ्रमण, उपविजेतालाई पोखरा भ्रमण र तेस्रो टोलीलाई मोबाइल प्रदान गरिएको जानकारी दिनुभयो।
८ चैत, काठमाडौं । आठौं संस्करणको ‘इन्टरटेनमेन्ट टेबल टेनिस प्रतियोगिता’को उपाधि महेश श्रेष्ठ, दिक्षा दाहाल र रिनोज ठकुरीको समूहले जितेको छ।
‘इन्टरटेनमेन्ट टेबल टेनिस टूर्नामेन्ट’ (ईटीटी)को आयोजनामा ललितपुरको नख्खुस्थित बुल्स हेल्थ क्लबमा भएको प्रतियोगितामा रवि धक्ख्वा, एलेन महर्जन र विपुल महर्जनको समूह उपविजेता बने। यस्तै राकेश महर्जन, स्ववेच्छा नेम्बाङ र प्रमेश कार्कीको समूह तेस्रो भयो।
ईटीटीका अध्यक्ष तथा अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्गीले प्रतियोगिताका विजेता टोलीलाई विदेश भ्रमण, उपविजेता टोलीलाई पोखरा भ्रमण हुने र तेस्रो हुने टोलीलाई मोबाइल प्रदान गरिएको जानकारी दिए।
‘टेबल टेनिस राष्ट्रका लागि, स्वास्थ्यका लागि’ भन्ने नारासहित आयोजित प्रतियोगितामा महिला र पुरुष गरी ९६ खेलाडीको सहभागिता रहेको आयोजकका सुनिल शाक्यले बताए।
प्रतिक्रिया 4