+

पीएम कपमा आर्मीले पुलिसलाई हरायो

२०८२ चैत  ८ गते १७:२९ २०८२ चैत ८ गते १७:२९
पीएम कपमा आर्मीले पुलिसलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई २२ रनले पराजित गरेको छ।
  • आर्मीले दिएको २४४ रनको लक्ष्य पुलिसले ४५.३ ओभरमा २२१ रनमा अलआउट भएको थियो।
  • बसिर अहमदले ८६ बलमा १०० रन बनाएर आर्मीको जितमा महत्वपूर्ण भूमिका खेलेका छन्।

८ चैत, काठमाडौं । पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत तल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

वेट आउटफिल्डका कारण ४७ ओभरमा झारिएको खेलमा आर्मीले पुलिसमाथि २२ रनको जित निकाल्यो । आर्मीले दिएको २४४ रनको लक्ष्य पछ्याएको पुलिस ४५.३ ओभरमा २२१ रनमा अलआउट भयो ।

पुलिसका लागि राशिद खानले सर्वाधिक ६० रन बनाए । शंकर रानाले ४६, आरिफ शेखले ३८ तथा करण केसीले २३ रन बनाए ।

आर्मीका नरेन साउदले ३ विकेट लिए भने आकाश चन्दले २ विकेट लिँदा कुशल मल्ल, शाहब आलम, बसिर अहमद र पवन कार्कीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले बसिर अहमदको शतक र भीम सार्कीको अर्धशतक मद्दतमा ४७ ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो ।

बसिरले ८६ बलमा ८ चौका र २ छक्कासहित १०० रन बनाए । भीमले ६५ बलमा ६२ रन बनाए । नरेन साउदले अविजित २१ रन बनाए ।

पुलिसका सर्वन यादवले ६ ओभरमा २४ रन दिएर ३ विकेट लिए । राशिद खान र सागर ढकालले २-२ विकेट लिँदा ललित राजवंशीले १ विकेट लिए ।

आजै माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय