+

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल स्थगित

२०८२ चैत  ८ गते १५:०१ २०८२ चैत ८ गते १५:०१
नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल स्थगित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र हङकङबीच चैत १२ गते हुने भनिएको मैत्रीपूर्ण खेल राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति नपाएको कारण स्थगित गरिएको छ।
  • अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा खेलको लागि फ्लडलाइट, स्कोरबोर्ड र पूर्वाधार उपलब्ध गराउन राखेपलाई पत्र पठाएको थियो।
  • राखेप सदस्य सचिव रामचरित्र मेहताले स्वीकृति दिने प्रक्रिया जारी रहेको र छिट्टै दिने बताउनुभएको छ।

८ चैत, काठमाडौं । आउँदो बिहीबार (चैत १२ गते) हुने भनिएको नेपाल र हङकङबीचको खेल स्थगित भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रेस विज्ञप्ति जारी गर्दै दशरथ रंगशालामा हुने भनिएको नेपाल र हङकङबीचको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरिएको जनाएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्विकृति नपाएको कारण खेल स्थगित गरिएको एन्फाले जनाएको छ । ‘राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग एन्फाले मिति २०८२ फागुन १० गते मैत्रीपूर्ण खेलको संचालनको लागि रंगशाला र त्यसको खेलमैदानको लागि स्वीकृति मागेको थियो । मिति २०८२ चैत ३ गते रंगशालाको फ्लडलाइट, स्कोर बोड र अन्य पूर्वाधारहरु खेलको लागि उपलब्ध गराइदिन पत्र पठाएको थियो । तर, एन्फाको खेलमैदान तथा रंगशाला उपलब्ध गराइदिन गरेको आग्रह र खेल संचालनको स्वीकृति राखेपले नदिएकोले सो खेल स्थगित गरिएको जानकारी गराउँदछौ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खेलका लागि स्वीकृति दिने प्रक्रियामा रहेको राखेप सदस्य सचिव रामचरित्र मेहताले बताए । ‘प्रोसेसमा छ । हामीले दिनेवाला छौं । शुक्रबार नभ्याएर नदिएको हो । आज दिएर पठाउँछौं’ सदस्य सचिव मेहताले भने ।

बिना स्वीकृति निर्वाचन नगर्न राखेपले पठाएको पत्र एन्फाले कार्यान्वयन नगरेपछि विवाद सुरु भएको थियो । प्राविधिक कमिटीले हङकङसँग खेल्ने २६ सदस्यीय नेपाली टोली एन्फालाई बुझाएको थियो ।

मैत्रीपूर्ण फुटबल हङकङसँग मैत्रीपूर्ण खेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय