News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले बागमती प्रदेशलाई ७१ रनले हराएको छ।
- एपीएफले ५० ओभरमा ८ विकेट गुमाएर २७१ रन बनाएको थियो, जसमा आसिफ शेखले ११४ रन बनाए।
- बागमतीले ४५.१ ओभरमा अलआउट हुँदै २०० रन मात्र जोड्यो र रिजन ढकालले ४ विकेट लिए।
८ चैत, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । आइतबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले हराएको हो ।
एपीएफले दिएको २७२ रनको लक्ष्य पछ्याएको बागमतीले ४५.१ ओभरमा अलआउट हुँदै २०० रन मात्र जोड्यो ।
बागमतीका लागि बिबेक मगरले सर्वाधिक ३४ रन बनाए । टेलेन्डर सुवास खत्रीले २७ रन बनाए । अन्त्यतिर सुवासले रिजन ढकालसँग मिलेर ५३ रनको साझेदारी गरेका थिए । रिजन २० रनमा अविजित रहे ।
त्यसअघि उत्तम मगरले २६ तथा शिवम तिवारीले २५ रन बनाए । इशान पान्डेले १७ रन बनाए । एपीएफका अभिशेष गौतम र रोहित पौडेलले ३-३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले आसिफ शेखको शतक र सन्दीप जोराको अर्धशतक मद्दतमा ५० ओभरमा ८ विकेट गुमाएर २७१ रन बनाएको थियो ।
आसिफले १०५ बलमा १४ चौका र ३ छक्कासहित ११४ रन बनाए भने जोराले ५२ रन बनाए ।
बागमतीका रिजन ढकालले ४ विकेट लिए भने इशान पान्डेले २, कप्तान सन्दीप लामिछाने र सोनु देवकोटाले १-१ विकेट लिए ।
प्रतिक्रिया 4