News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कराते स्टार एरिका गुरुङ तमु धिं युकेको 'गूडविल एम्बासडर' नियुक्त भएकी छन्।
- तमु धिं युके र एरिका गुरुङबीच एक वर्षे प्रायोजन सम्झौता भएको छ।
- सम्झौताअनुसार तमु धिं युकेले खेल पोशाक, ट्र्याकसुट, हवाई टिकट र आर्थिक सहयोग प्रदान गर्नेछ।
९ चैत, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङ तमु धिं युकेको ‘गूडविल एम्बासडर’ नियुक्त भएकी छन् । नेपाली खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले युकेस्थित तमु धिं युके र कराते खेलाडी एरिका गुरुङबीच एक वर्षे प्रायोजन सम्झौता भएको हो।
यस सम्झौताअनुसार सम्झौताअनुसार तमु धीं युकेले एरिकालाई आवश्यक खेल पोशाक, ट्र्याकसुट तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन हवाई टिकट खर्च व्यहोर्नेछ। साथै प्रत्येक प्रतियोगिताका लागि आर्थिक सहयोग पनि प्रदान गरिनेछ।
एरिका गुरुङले विश्व कराते महासंघ र एसियन कराते महासंघअन्तर्गत हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउनेछिन्। ती प्रतियोगितामा चीन, मोरक्को, इन्डोनेसिया, बंगलादेश, जापान, अस्ट्रियालगायतका देशमा आयोजना हुने खेलहरू समावेश छन्।
सम्झौताअनुसार एरिकाले आवश्यक सामाजिक तथा संस्थागत कार्यक्रममा सहभागिता जनाउनुका साथै प्रतियोगितापछि संस्थाको प्रचारप्रसारमा सहयोग गर्नुपर्नेछ।
यो सम्झौता हस्ताक्षर भएको मितिबाट एक वर्षसम्म लागू रहनेछ र उत्कृष्ट प्रदर्शनका आधारमा अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ।
प्रतिक्रिया 4