News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी प्रदेशले पीएम कप पुरुष राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशलाई १४८ रनले पराजित गरेको छ।
- कप्तान देव खनालले ९२ रन बनाए भने सन्तोष यादवले ४८ रन र ४ विकेट लिएर 'प्लेयर अफ द म्याच' घोषित भए।
- कोशी प्रदेश ३१.४ ओभरमा १०१ रनमा अलआउट भयो र अंकित सुवेदीले सर्वाधिक ३० रन बनाए।
९ चैत, काठमाडौं । कप्तान देव खनालको उत्कृष्ट ब्याटिङ तथा सन्तोष यादवको अलराउन्ड प्रदर्शनमा लुम्बिनी प्रदेशले पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि प्रभावशाली जित निकालेको छ ।
कप्तान देव खनालले ब्याटिङमा ९२ रन बनाएका थिए । सन्तोषले ४८ रन बनाउनुका साथै ४ विकेट पनि लिए । सन्तोष ‘प्लेयर अफ द म्याच’ समेत घोषित भए ।
सोमबार जनकपुरमा भएको खेलमा लुम्बिनीले कोशीलाई १४८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । लुम्बिनीले दिएको २५० रनको लक्ष्य पछ्याएको कोशी ३१.४ ओभरमा १०१ रनमा अलआउट भयो ।
अंकित सुवेदीले सर्वाधिक ३० रन बनाए । दिपेश कँडेलले १५ तथा कप्तान सुजन थपलियाले ११ रन बनाए । अन्य ब्याटरबाट दोहोरो अंकमा योगदान हुन सकेन ।
कोशीलाई कम योगफलमा समेट्न लुम्बिनीका सन्तोष यादवले ७ ओभरमा ११ रन मात्र दिएर ४ विकेट लिए । राजेन्द्र बमले ३ विकेट लिए भने निर्मल गुरुङले २ अनि सन्देश थापाले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४९.३ ओभरमा सबै विकेट गुमाएर २४९ रन बनाएको थियो । देवले १०० बलमा ८ चौका र १ छक्का मद्दतमा ९२ रन बनाएका थिए ।
सन्तोषले ६२ बलमा ३ चौकासहित ४८ रन बनाए । रन्जित खड्काले ३५, राजेन्द्र बमले अविजित १६ तथा आकाश त्रिपाठीले १२ रन बनाए ।
कोशीका कप्तान सुजन थपलियाले १० ओभरमा ३५ रन दिएर ४ विकेट लिए । दिपेश कँडेलले २ विकेट लिँदा बिपिन महतो र प्रेम कामतले १-१ विकेट लिए ।
प्रतिक्रिया 4