+
+
Shares

पीएम कप : सुदूरपश्चिमले कर्णालीलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशले वीरगञ्जमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको छ।
  • सुदूरपश्चिमले १ सय २० रनको लक्ष्य २९.२ ओभरमा भेटाएको थियो र हेमन्त धामीले ७ ओभरमा ६ विकेट लिए।
  • कर्णालीले ३२ ओभरमा ११९ रनमा अलआउट भएको थियो र विपिन रावलले ३३ रन बनाएका थिए।

९ चैत, वीरगञ्ज । वीरगञ्जमा जारी प्रधानमन्त्री (पीएम) कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।

नारायणी क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको हो।

१ सय २० रनको सामान्य लक्ष्य पाएको सुदूरपश्चिमले २९.२ ओभरमा भेटाएको थियो ।

टस जितेर सुरुमा बलिङ गरेको सुदूरपश्चिमका लागि हेमन्त धामीले ६ विकेट लिए । उनले ७ ओभरमा केवल १६ रन खर्चिँदै १ मेडन ओभर पनि फ्याले ।

यता सुदूरको जित सुनिश्चित गर्न शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहराले पनि एक/एक विकेट लिए ।

सुदूरपश्चिमका लागि किरण ठगुन्नाले २६, खडक बोहराले २३, मिलन बोहराले अविजित १८ रन जोडे ।

बलिङतर्फ कर्णालीका दिवन पुन र अनुज चनराले २/२ तथा प्रकाश जैशी र दिपेन्द्र रावतले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३२ ओभरमा अलआउट हुँदै ११९ रनमात्रै बनाएको थियो । उसका लागि विपिन रावलले ३३, सुनील धमलाले २८ तथा अरविन्द घर्तीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?