+

पीएम कपका लागि देव खनालको कप्तानीमा लुम्बिनीको टोली घोषणा

२०८२ चैत  ५ गते ११:२२ २०८२ चैत ५ गते ११:२२
पीएम कपका लागि देव खनालको कप्तानीमा लुम्बिनीको टोली घोषणा

५ चैत, काठमाडौं । लुम्बिनी प्रदेश क्रिकेट संघले चैत ७ बाट सुरु हुने प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट खेल्ने टोलीको घोषणा गरेको छ । संघले देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा देवसहित आकाश त्रिपाठी, प्रज्वल थापा, सुमित श्रेष्ठ, रञ्जित खड्का, सलाउद्दिन खान, सन्तोष यादव, अजय चौहान, निर्मल गुरुङ, दिनेश बोहोरा, राजेन्द्रबहादुर बम, वीरबहादुर घर्ती मगर, दर्श सुनार, सन्देश थापा र विपर्शन केसी छन् ।

यस्तै रमेश कुर्मी, नरबहादुर सार्की, दीपेश रोका, महेश भर र सम्राट भुसाल रिजर्भ खेलाडीको रुपमा छन् ।

प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट चैत ७ देखि बागमती प्रदेश र मधेश प्रदेशको दुईदुई ठाउँमा हुँदैछ । लुम्बिनीले पहिलो खेल शनिबार पर्सामा कर्णाली प्रदेशसँग खेल्नेछ । लुम्बिनीका सबै खेल जनकपुर र पर्सामा हुनेछन् ।

देव खनाल पीएम कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय