+
युरोपियन च्याम्पियन्स लिग :

केनको कीर्तिमानी प्रदर्शन, फराकिलो जितसहित बायर्न क्‍वाटरफाइनलमा

२०८२ चैत  ५ गते ८:०४ २०८२ चैत ५ गते ८:०४
केनको कीर्तिमानी प्रदर्शन, फराकिलो जितसहित बायर्न क्‍वाटरफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब एटालान्टामाथि ४-१ को जित निकाल्दै युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ।
  • बायर्नले समग्रमा १०-२ को फराकिलो अग्रता सहित अन्तिम आठमा प्रवेश गरेको हो।
  • ह्यारी केनले दुई गोल गर्दै च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या ५० पुर्‍याएका छन्।

५ चैत, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब एटालान्टामाथि सहज जित निकाल्दै युरोपियन च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनलमा स्थान बनाएको छ ।

घरेलु मैदान एलियान्ज एरेनामा भएको दोस्रो लेगमा बायर्नले ४-१ को जित निकाल्दै समग्रमा १०-२ को फराकिलो अग्रता सहित अन्तिम आठमा प्रवेश गरेको हो ।

बायर्नको जितमा ह्यारी केनले दुई गोल गरे भने लेनार्ट कार्ल र लुइस डियाजले एक–एक गोल थपे । एटालान्टाका लागि लाजार सामार्जिकले सान्त्वना गोल गरे ।

खेलको २५औं मिनेटमा भीएआर निर्णयपछि पेनाल्टी पाएको बायर्नका लागि केनले दोस्रो प्रयासमा गोल गर्दै अग्रता दिलाए । यसअघि उनको प्रहार गोलकिपरले बचाए पनि नियम उल्लंघनका कारण पेनाल्टी दोहोर्‍याइएको थियो ।

५४औं मिनेटमा केनले शानदार प्रहारमार्फत दोस्रो गोल गर्दै च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या ५० पुर्‍याए । उनले यो उपलब्धि ६६ खेलमा हासिल गरेका हुन्, जुन लियोनल मेस्सी सँग बराबरी हो भने क्रिस्टियानो रोनाल्डोको भन्दा छिटो हो ।

५६औं मिनेटमा कार्लले डियाजको पासमा गोल गर्दै अन्तर बढाए भने ७०औं मिनेटमा डियाजले तीव्र आक्रमणपछि उत्कृष्ट फिनिस गर्दै स्कोर ४-० बनाए ।

८५औं मिनेटमा सामार्जिकले हेडमार्फत एक गोल फर्काए पनि एटालान्टाका लागि त्यो केवल सान्त्वना गोल बन्यो ।

पहिलो लेगमै ६-१ को जित निकालेको बायर्नले समग्रमा १०-२ को प्रभावशाली नतिजासहित क्‍वाटरफाइनलमा प्रवेश गर्दै अब स्पेनिस जायन्ट रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

एट्लान्टा बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय