News Summary
Generated by OK AI. Editorially reviewed.- चौथो संस्करणको एसपिए कैलाली प्राइड लिगको फाइनलमा बाजुराको बुढीगंगा र कञ्चनपुरको पुनर्वास नगरपालिका बी भिड्ने भएका छन् ।
- सेमिफाइनलमा बुढीगंगाले धनगढी उपमहानगरपालिकालाई र पुनर्वास नगरपालिका बीले घोडाघोडी नगरपालिकालाई हराएको हो ।
- प्रतियोगिताको विजेताले ३ लाख र ट्रफी पाउनेछन् भने उपविजेताले नगद १ लाख पाउनेछन् ।
४ चैत, धनगढी । धनगढीको फाप्ला खेल मैदानमा जारी चौथो संस्करणको अन्तरपालिका स्तरीय एसपिए कैलाली प्राइड लिगको उपाधिका लागि बाजुराको बुढीगंगा र कञ्चनपुरको पुनर्वास नगरपालिका बी भिड्ने भएका छन ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा बाजुराको बुढीगंगा नगरपालिकाले कैलालीको धनगढी उपमहानगरपालिकालाई र दोश्रो सेमिफाइनलमा कञ्चनपुरको पुनर्वास नगरपालिकालले कैलालीको घोडाघोडी नगरपालिकालाई पराजित गर्दै फाइनल भेट पक्का गरेका हुन् ।

बुढीगंगाले दिएको १४६ रनको लक्ष्य पछ्याउन गएको धनगढी उपमहानगरपालिका १८.२ ओभरमा ११४ रनमै अलआउट भयो । उसका लागि सन्नी बिकले सर्वाधिक ४१ रनको योगदान दिएपनि टिमलाई भने जिताउन सकेनन् । सुरेन्द्र पन्तले २४ र प्रकाश पाण्डेले १८ रन बनाए भने अन्य ब्याटरले दोहोर अंकको रन जोड्न सकेनन् ।
बुढीगंगाका लागि सौर्य श्रेष्ठले ३, नागराज सिंहले २ तथा दिपक रोकाया, राहुल भण्डारी, मदन शाह र सुबोध ऐरले एक-एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको बुढीगंगाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको । बुढीगंगाकालागि सुबोध ऐरले ४१ बल खेल्दै ४ चौका र ३ छक्का मदतमा सर्वाधिक ४७ रन बनाए । दिपक रोकायाले १७ बल खेल्दै १ चौका र ४ छक्का मदतमा अविजित ३७ रनको आक्रामक पारी खेले । दिनेश वडले १९,सुनिल चन्दले १७ तथा अभिषेक थापाले १२ रन जोडे ।
धनगढीका लागि सन्नी बिक र प्रकाश जंग कार्कीले समान दुई तथा कप्तान अयुब चन्द,भुपेश जोशी र विशाल क्षेत्रीले समान एक विकेट लिए । खेलमा अलराउण्ड प्रर्दशन गरेका बुढीगंगाका सुबोध ऐर म्यान अफ दी म्याच चुनिए ।
दोश्रो सेमिफाइनलमा कञ्चनपुरको पुनर्वास नगरपालिका कैलालीको घोडाघोडी नगरपालिलाई ३५ रनले पराजित गर्यो । पुनर्वास नगरपालिका बी ले दिएको १५१ रनको लक्ष्य पछ्याएको घोडाघोडीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११६ रन मात्र बनाउन सक्यो ।
घोडाघोडीका लागि अन्तिम तिर ब्याटिङ गरेका हरिष बस्नेतले १७ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा ४३ रन जोडेपनि टिमलाई जिताउन भने सकेनन् । कप्तान टेक रावत र दिनेश रावतले समान २० र निशान रेग्मीले १५ रन बनाए ।
पुनर्वास नगरपालिका बी का लागि सचिन भट्ट एक्लैले ४ विकेट लिए भने अशोक धामी र नरेन भट्टले समान दुई तथा शेर मल्ल र बसन्त सिंह कार्कींले एक-एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका बी ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । उसका लागि ओपनर ब्याटर अभिषेक पालले सर्वाधिक ४१ रन बनाए । कप्तान नारायण जोशीले ३७ रन बनाउँदा नरेन भट्टले ३१ तथा दिपक बोहराले २५ रनको योगदान दिए ।
घोडाघोडीका लागि रुद्र राज आचार्यले २ विकेट लिए भने हरिष बस्नेत, आयुष द्वारिया र रुपेश थापाले समान एक विकेट लिए ।
खेलमा प्रभावशाली भूमिका खेलेका सचिन भट्ट म्यान अफ दी म्याच चुनिए ।
फाइनल खेल बिहीबार दिउँसो साढे एक बजेदेखि भिड्ने आयोजकले जनाएको छ ।
जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा फाल्गुन २८ गतेबाट सुरु भएको प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशका १२ स्थानीस्य तहका टोलीहरु सहभागी थिए ।
प्रतियोगिताको विजेता टोलीले नगद ३ लाख र आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगीताकौ सर्वोत्कृष्ट खेलाडीले नगद रु २० हजार ट्रफी,उत्कृष्ट बलर, उत्कृष्ट ब्याटरलाई १५-१५ हजार र ट्रफी, उदयमान खेलाडीलाई नगद रु १० हजार र ट्रफी प्रदान गरिनेछ ।
प्रतिक्रिया 4