+

एन्फा महिला लिग : झापा एफसीमाथि आर्मीको फराकिलो जित

२०८२ चैत  ४ गते २०:२३ २०८२ चैत ४ गते २०:२३
एन्फा महिला लिग : झापा एफसीमाथि आर्मीको फराकिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी क्लबले च्यासल रंगशालामा भएको महिला लिग खेलमा झापा फुटबल क्लबलाई ५–० ले पराजित गरेको छ।
  • खेलको दोस्रो हाफमा आर्मीका दिपा शाही, हिमा चौधरी, अन्जना थुलुङ राई र तुलसा बोहराले गोल गरेका थिए।
  • बिहीबार महिला लिगमा बागमती युथ क्लब र आरएस पोखराबीच तथा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुने तालिका छ।

४ चैत, काठमाडौं । शहीद स्मारक एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लबले झापा फुटबल क्लबमाथि फराकिलो जित निकालेको छ ।

च्यासल रंगशालामा बुधबार भएको खेलमा आर्मीले झापा एफसीलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । पहिलो हाफमा दुवैतर्फबाट गोल हुन नसकेको खेलमा आर्मीले दोस्रो हाफमा ५ गोल गर्‍यो ।

खेलको ५७औं मिनेटमा दिपा शाहीले गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाइन् । त्यसपछि आर्मीका हिमा चौधरीले ६८औं, अन्जना थुलुङ राईले ८६ र ९०औं मिनेट गोल गर्दा तुलसा बोहराले दोस्रो हाफको इन्जुरी समयमा गोल गरिन् ।

यसअघि आज भएको पहिलो खेलमा संकटा एफसीले संकटाले एनआरटीलाई ४–० को गोल अन्तरले पराजित गरेको थियो ।

लिगअन्तर्गत बिहीबार दुई खेल हुनेछन् । भोलिको पहिलो खेलमा बागमती युथ क्लब र आरएस पोखराबीच बिहान ११ बजे खेल्नेछन् ।

दोस्रो खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने तालिका छ । महिला लिगमा ९ टोलीको सहभागिता छ ।

एन्फा महिला लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय