+
युरोपियन च्याम्पियन्स लिग :

न्युकासलमाथि फराकिलो जित निकाल्दै बार्सिलोना क्‍वाटरफाइनलमा

२०८२ चैत  ५ गते ७:३७ २०८२ चैत ५ गते ७:३७
न्युकासलमाथि फराकिलो जित निकाल्दै बार्सिलोना क्‍वाटरफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ।
  • बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा न्युकासल युनाइटेडमाथि ७-२ को जित निकाल्यो।
  • बार्सिलोना अब क्‍वाटरफाइनलमा स्पेनकै एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ।

५ चैत, काठमाडौं । इंग्लिस क्लब न्युकासल युनाइटेडमाथि फराकिलो जित निकाल्दै स्पेनिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति घरेलु मैदान क्याम्प नोउमा भएको प्रि-क्‍वाटरफाइनलको दोस्रो लेगमा न्युकासलमाथि बार्सिलोनाले ७-२ को फराकिलो जित निकाल्दै समग्रमा ८-३ को जितसहित अन्तिम आठमा स्थान पक्का गरेको हो ।

बार्सिलोनाको जितमा राफिन्हा र रोबर्ट लेवान्डोव्स्की ले समान दुई–दुई गोल गरे भने मार्क बर्नाल, लामिन यमाल र फर्मिन लोपेजले एक–एक गोल थपे । न्युकासलका लागि एन्थनी एलांगाले दुवै गोल गरे ।

खेलको छैटौं मिनेटमा लोपेजसँग वान–टु पास खेल्दै राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तर १५औं मिनेटमा लुईस हलको क्रसमा एलांगाले नजिकबाट गोल गर्दै न्युकासललाई खेलमा फर्काए ।

१८औं मिनेटमा बर्नालले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए पनि २८औं मिनेटमा हार्भी बार्न्सको पासमा एलांगाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी समयमा कियरन ट्रिपियरले राफिन्हालाई फाउल गरेपछि भीएआरमार्फत पेनाल्टी दिइयो, जसलाई यमालले गोलमा परिणत गर्दै बार्सिलोनालाई ३-२ को अग्रता दिलाए ।

दोस्रो हाफ सुरु भएको केही मिनेटमै राफिन्हाको उत्कृष्ट पासमा लोपेजले गोल गर्दै अग्रता फराकिलो बनाए । त्यसपछि ५६औं र ६१औं मिनेटमा लेवान्डोव्स्कीले लगातार दुई गोल गर्दै खेल पूर्ण रूपमा बार्सिलोनाको पक्षमा पार्‍यो ।

७२औं मिनेटमा राफिन्हाले अर्को गोल थप्दै बार्सिलोनाको जितलाई ७-२ मा पुर्‍याए ।

अब बार्सिलोनाले क्‍वाटरफाइनलमा स्पेनकै एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

न्युकासल युनाइटेड बार्सिलाेना युरोपियन च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय