News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस क्लब टोटेनहम हटस्परले दोस्रो लेगमा जित निकाले पनि एट्लेटिको मड्रिडसँग समग्रमा भयो।
- टोटेनहमका लागि रान्डाल कोलो मुआनी र जाभी सिमोन्सले गोल गरे भने एट्लेटिकोका लागि जुलियन अल्भारेज र डेभिड हान्कोले गोल गरे।
- एट्लेटिको मड्रिडले क्वाटरफाइनलमा स्पेनी प्रतिद्वन्द्वी बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ।
५ चैत, काठमाडौं । इंग्लिस क्लब टोटेनहम हटस्परले दोस्रो लेगमा जित निकाले पनि स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग समग्रमा पराजित हुँदै युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।
घरेलु मैदान टोटेनहम हटस्पर स्टेडियम मा भएको दोस्रो लेगमा टोटेनहमले ३-२ को संघर्षपूर्ण जित निकाले पनि समग्रमा ७-५ ले पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।
टोटेनहमका लागि रान्डाल कोलो मुआनी र जाभी सिमोन्सले दुई गोल गरे । एट्लेटिकोका लागि जुलियन अल्भारेज र डेभिड हान्कोले गोल गरे ।
पहिलो लेगमा ५-२ को हार बेहोरेको टोटनहमले खेलमा राम्रो सुरुवात गरेको थियो । ३०औं मिनेटमा कोलो मुआनीले हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
दोस्रो हाफ सुरु भएको दुई मिनेटमै अल्भारेजले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए । तर ५२औं मिनेटमा सिमोन्सले उत्कृष्ट गोल गर्दै टोटनहमलाई पुनः अग्रता दिलाए ।
खेलभर एट्लेटिकोका गोलकिपर जुलियन मुस्सोले उत्कृष्ट प्रदर्शन गर्दै टोटेनहमका धेरै अवसर विफल बनाए । ७५औं मिनेटमा हान्कोले हेडमार्फत गोल गर्दै एट्लेटिकोलाई महत्वपूर्ण अग्रता दिलाए ।
इन्जुरी समयमा सिमोन्सले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ३-२ को जित दिलाए पनि समग्र नतिजा उल्ट्याउन भने पर्याप्त भएन ।
अब एट्लेटिको मड्रिडले क्वाटरफाइनलमा स्पेनी प्रतिद्वन्द्वी बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया 4