+

गालातासारेमाथि सहज जित निकाल्दै लिभरपुल च्याम्पियन्स लिगको क्‍वाटरफाइनलमा

२०८२ चैत  ५ गते ८:०८ २०८२ चैत ५ गते ८:०८
गालातासारेमाथि सहज जित निकाल्दै लिभरपुल च्याम्पियन्स लिगको क्‍वाटरफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस क्लब लिभरपुलले टर्किस क्लब गालातासारेमाथि जित निकाल्दै युरोपियन च्याम्पियन्स लिगको क्‍वाटरफाइनलमा स्थान बनाएको छ।
  • लिभरपुलका डोमिनिक सोबोस्लाइ, ह्युगो एकिटिके, रायन ग्राभेनबेर्च र मोहमेद सालाहले एक–एक गोल गरे।
  • सालाहले च्याम्पियन्स लिगमा ५० गोल गर्ने पहिलो अफ्रिकी खेलाडी बनेका छन्।

५ चैत, काठमाडौं । इंग्लिस क्लब लिभरपुलले टर्किस क्लब गालातासारेमाथि प्रभावशाली जित निकाल्दै युरोपियन च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनलमा स्थान बनाएको छ ।

गएराति घरेलु मैदान एनफिल्ड मा भएको प्रि-क्‍वाटरफाइनलको दोस्रो लेगमा लिभरपुलले ४-० को जित निकाल्दै समग्रमा ४-१ को अग्रता सहित अन्तिम आठमा प्रवेश गरेको हो ।

लिभरपुलको जितमा डोमिनिक सोबोस्लाइ, ह्युगो एकिटिके, रायन ग्राभेनबेर्च र मोहमद सालाहले एक–एक गोल गरे ।

खेलको २५औं मिनेटमा उत्कृष्ट सेट–पिस मूभमार्फत सोबोस्लाइले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । पहिलो हाफको अन्त्यतिर सलाहले पेनाल्टी अवसर पाए पनि गोलकिपर उगुरकान चाकिरले बचाउ गर्दा अन्तर थप हुन सकेन ।

दोस्रो हाफमा भने लिभरपुलले आक्रामक प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्‍यो । ५१औं मिनेटमा सलाहको उत्कृष्ट पासमा एकिटिकेले नजिकबाट गोल गर्दै अग्रता दोब्बर बनाए ।

त्यसको दुई मिनेटपछि नै सलाहको प्रहार गोलकिपरले बचाए पनि रिबाउन्डमा ग्राभेनबेर्चले गोल गर्दै स्कोर ३-० बनाए ।

६२औं मिनेटमा सालाहले बक्स बाहिरबाट शानदार कर्लिङ प्रहार गर्दै उत्कृष्ट गोल गरे । उक्त गोलसँगै सालाह च्याम्पियन्स लिगमा ५० गोल गर्ने पहिलो अफ्रिकी खेलाडी समेत बने ।

लिभरपुलले खेलमा थप अवसर सिर्जना गरे पनि गोल थप्न सकेन । गालातासारे भने पुरै खेल दबाबमा देखिएको थियो ।

अब लिभरपुलले क्‍वाटरफाइनलमा साविक विजेता पेरिस सेन्ट-जर्मेन (पीएसजी)सँग प्रतिस्पर्धा गर्नेछ ।

गालातासारे युरोपियन च्याम्पियन्स लिग लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय