News Summary
Generated by OK AI. Editorially reviewed.- एन्फाले श्रम स्वीकृतिविना विदेशी खेलाडी खेलाएको भन्दै अध्यागमन विभागको पत्रपछि महिला र पुरुष लिग अनिश्चितकालका लागि स्थगित गरेको छ।
- एन्फा महिला लिग सुरु भएको दुई दिनमै चार खेल मात्र सम्पन्न भएपछि स्थगित भएको छ।
- एपीएफकी खेलाडी गीता राना र अञ्जना रानामगरले लिग स्थगितप्रति असन्तुष्टि व्यक्त गर्दै योजनामा बाधा पुगेको बताएकी छन्।
९ चैत, काठमाडौं । एन्फा महिला लिग सुरु भएको दुई दिनमै स्थगित भएपछि खेलाडीहरु आक्रोशित भएका छन् ।
श्रम स्वीकृतिविना विदेशी खेलाडी खेलाएको भन्दै अध्यागमन विभागले पत्र काटेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला तथा पुरुषतर्फका लिगहरु अनिश्चितकालका लागि स्थगित गरेको थियो । जसमा खेलाडीहरु असन्तुष्ट बनेका हुन् ।
एपीएफ फुटबल क्लबबाट लिग खेलिरहेकी गीता रानाले आफ्नो भ्लगमार्फत एन्फालाई प्रश्न गरेकी छन् । उनले भिडियोमा पटकपटक भनेकी छन्, ‘ए गेम क्यान्सिल गरेर के गरेको ? विजोग भयो विजोग ।’
सोही भिडियोमा अर्की खेलाडी अञ्जना रानामगरले पनि असन्तुष्ट जनाएकी छन् । ‘हाम्रो कत्रो प्लान थियो । पशुपति दर्शन गरेर हामी पर्सिका लागि रेडी थियौं । के हो यो ?’ उनले भनेकी छन् ।
एन्फा महिला लिगका चार खेल मात्र सम्पन्न भएको अवस्थामा लिग स्थगित भएको छ ।
प्रतिक्रिया 4