News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानका साहिबजादा फरहान फेब्रुअरी २०२६ का लागि आईसीसी ‘प्लेयर अफ द मन्थ’ घोषित भएका छन्।
- फरहानले आईसीसी टी-२० विश्वकपमा ७ खेलमा ३८३ रन बनाउँदै दुई शतक र दुई अर्धशतक बनाएका थिए।
- उनी एकै टी–२० विश्वकपमा दुई शतक बनाउने पहिलो खेलाडी बनेका छन् र आईसीसी टी–२० ब्याटिङ वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन्।
९ चैत, काठमाडौं । पाकिस्तानका साहिबजादा फरहान फेब्रुअरी २०२६ का लागि आईसीसी ‘प्लेयर अफ द मन्थ’ घोषित भएका छन् । उनले आईसीसी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि यो अवार्ड पाएका हुन् ।
फरहानले ७६.६० को औसतका साथ ७ खेलमा ३८३ रन बनाएका थिए । उनले दुई शतक र दुई अर्धशतक बनाएका थिए। यसक्रममा उनले विराट कोहलीको एकै संस्करणमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान समेत तोडे।
उनी एकै टी–२० विश्वकपमा दुई शतक बनाउने पहिलो खेलाडी बनेका थिए । साथै फखर जमानसँग मिलेर १७६ रनको कीर्तिमानी साझेदारी पनि गरेका थिए ।
उत्कृष्ट प्रदर्शनपछि उनी आईसीसी टी–२० ब्याटिङ वरीयतामा दोस्रो स्थानमा उक्लिएका थिए । यद्यपी राम्रो प्रदर्शनका बाबजुद पाकिस्तान सेमिफाइनल पुग्न सकेन।
यो फरहानको पहिलो आईसीसी मासिक अवार्ड हो। यसअघि हारिस राउफ पाकिस्तानका तर्फबाट यस्तो अवार्ड जित्ने खेलाडी थिए।
प्रतिक्रिया 4