News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा भुटानलाई २-१ गोलअन्तरले पराजित गरी विजयी सुरुवात गरेको छ।
- सुजन डंगोल र सुवास बमले एक-एक गोल गरे भने भुटानका ढेन्डुप ग्याल्सेनले सान्त्वना गोल फर्काए।
- नेपालले अब बुधबार दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
९ चैत, काठमाडौं । माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा नेपालले भुटानलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।
नेपालको जितमा सुजन डंगोल र सुवास बमले एक-एक गोल गरे । भुटानका ढेन्डुप ग्याल्सेनले सान्त्वना गोल फर्काए ।
खेलको पाँचौं मिनेटमा नै सुजनले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५२औं मिनेटमा सुवासले गोल गर्दै अग्रता दोब्बर पारे ।
भुटानका ढेन्डुपले ८३औं मिनेटमा गोल फर्काएपनि खेलमा फर्काउन भने सकेनन् । त्यसपछि कुनै गोल भएनन् र नेपाल विजयी भयो ।
नेपालले अब दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्नेछ ।
प्रतिक्रिया 4