+

साधारण सभाका लागि एन्फा कार्यालय बन्द

२०८२ चैत  १० गते १०:०९ २०८२ चैत १० गते १०:०९
साधारण सभाका लागि एन्फा कार्यालय बन्द

१० चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यालय बन्द गरिएको छ ।

चैत १३ गतेदेखि झापामा हुने एन्फा साधारण सभा तथा निर्वाचनका कारण कार्यालय बन्द गरिएको हो ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले जारी गरेको सूचनामा कार्यालय कहिले खुल्छ भन्ने खुलाइएको छैन ।

सूचनामा लेखिएको छ, ‘अखिल नेपाल फुटबल संघ (एन्फा)को मिति २०८२ चैत १३ गते झापामा हुने साधारण सभा तथा निर्वाचन प्रयोजनका लागि मिति २०८२ चैत १० गतेदेखि अखिल नेपाल फुटबल संघको केन्द्रीय कार्यालय सातदोबाटो ललितपुर सचिवालय बन्द रहने सम्बन्धित सबैमा जानकारी गराउन चाहान्छु ।’

एन्फा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय