News Summary
Generated by OK AI. Editorially reviewed.- पोर्चुगिज खेलाडी जोआओ कान्सेलोले युरोपको चार फरक देशको लिग जित्ने नयाँ कीर्तिमान बनाएका छन्।
- उनले सन् २०१९ मा युभेन्ट्सबाट सिरि ए, २०२१ र २०२२ मा म्यानचेष्टर सिटीबाट प्रिमियर लिग, २०२३ मा बायर्न म्युनिखबाट बुण्डेसलिगा जितेका थिए।
- यस सिजन बार्सिलोनाबाट स्पेनिस ला लिगा उपाधि जितेर कान्सेलोले इटली, इंग्ल्यान्ड, जर्मनी र स्पेनको लिग जित्ने कीर्तिमान पूरा गरेका छन्।
२८ वैशाख, काठमाडौं । पोर्चुगिज खेलाडी जोआओ कान्सेलोले युरवपको चार फरक देशको लिग जित्ने नयाँ कीर्तिमान बनाएका छन् ।
बार्सिलोनाबाट यस सिजनको स्पेनिस ला लिगा उपाधि जितेपछि ३१ वर्षीय डिफेण्डर कान्सेलोले उक्त कीर्तिमान बनाएका हुन् ।
उनले युरोपको शीर्ष पाँच लिग मध्ये इटली, इंग्ल्यान्ड, जर्मनी र स्पेनको लिग जित्ने कीर्तिमान बनाएका हुन् ।
कान्सेलोले सन् २०१९ मा युभेन्ट्सबाट इटालियन सिरि ए जितेका थिए । यस्तै २०२१ र २०२२ मा म्यानचेष्टर सिटीबाट प्रिमियर लिग जितेका थिए भने २०२३ मा बायर्न म्युनिखबाट बुण्डेसलिगा जितेका थिए ।
प्रतिक्रिया 4