+

ट्रोसार्डको निर्णायक गोलमा आर्सनल उपाधि नजिक

२०८३ वैशाख  २८ गते ७:५२ २०८३ वैशाख २८ गते ७:५२
ट्रोसार्डको निर्णायक गोलमा आर्सनल उपाधि नजिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई १–० ले हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलको उपाधितर्फ थप एक कदम अघि बढाएको छ।
  • खेलको ८३औं मिनेटमा लिएन्ड्रो ट्रोसार्डको प्रहार विपक्षी खेलाडी टोमास सोसेकलाई लागेर गोलमा परिणत भएको थियो।
  • आर्सनलको ३६ खेलबाट ७९ अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर सिटीको ३५ खेलबाट ७४ अंक छ।

२७ वैशाख, काठमाडौं । आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई १–० ले हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलको उपाधितर्फ थप एक कदम अघि बढाएको छ ।

लन्डन स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि खेलको ८३औं मिनेटसम्म गोल हुन सकेको थिएन ।

त्यसपछि लिएन्ड्रो ट्रोसार्डले गरेको प्रहार विपक्षी खेलाडी टोमास सोसेकलाई लागेर गोलमा परिणत हुँदा आर्सनलले महत्वपूर्ण अग्रता लियो ।

खेलको अन्त्यतिर वेस्ट ह्यामले बराबरी गोल गरेको दाबी गरे पनि भिडियो सहायक रेफ्रीको जाँचपछि गोल रद्द गरिएको थियो ।

यस जितसँगै आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा पाँच अंकको अग्रता बनाएको छ, यद्यपी सिटीले एक खेल कम खेलेको छ ।

आर्सनलको ३६ खेलबाट ७९ अंक छ भने दोस्रो स्थानको सिटीको ३५ खेलबाट ७४ अंक छ ।

उता पराजित वेस्ट ह्याम भने रेलिगेशनको दबाबमा परेको छ। टोली अहिले रेलिगेशन क्षेत्रमै रहँदै सुरक्षात्मक स्थानभन्दा एक अंकले पछाडि छ।

आर्सनल इंग्लिस प्रिमियर लिग वेस्ट ह्याम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय