+
फिफा विश्वकप २०२६ :

विश्वकप फाइनल : स्पेन विरुद्ध खेल्ने अर्जेन्टिनी टिममा तीन परिवर्तन

२०८३ साउन  ४ गते ०:१८ २०८३ साउन ४ गते ०:१८

साविक विजेता समेत रहेको अर्जेन्टिनाले फाइनलमा तीन परिवर्तन गरेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीच न्युयोर्कको न्यु जर्सी स्टेडियममा केही बेरपछि प्रतिस्पर्धा हुँदैछ ।
  • साविक विजेता अर्जेन्टिनाले फाइनल खेलका लागि आफ्नो पहिलो रोजाइको टिममा तीन खेलाडी परिवर्तन गरेको छ ।
  • स्पेनले भने फ्रान्सलाई हराएको टिममा कुनै परिवर्तन नगरी आजको निर्णायक खेल खेल्ने निर्णय गरेको छ ।

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलमा केही बेरपछि स्पेन र अर्जेनटिनाबीच प्रतिस्पर्धा हुँदैछ ।

अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा हुने फाइनल खेलका लागि दुवे टोलीले पहिलो रोजाईँको टिम सार्वजनिक भइसकेको छ ।

साविक विजेता समेत रहेको अर्जेन्टिनाले फाइनलमा तीन परिवर्तन गरेको छ । गोन्जालो मोन्टिएल, रोड्रिगो डे पउल र निकोलस गोन्जालेज पहिलो रोजाईँमा खेल्दैछन् ।

सेमिफाइनलमा इंग्ल्यान्ड विरुद्ध पहिलो रोजाईँमा खेलेका नाहुएल मोलिना, जिलियानो सिमिओनी र लिउन्ड्रो पेरेडेस भने आज बेन्चबाट खेल सुरु गर्नेछन् ।

स्पेनले भने फ्रान्सलाई हराएको टिमबाट कुनै परिवर्तन गरेको छैन ।

सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-० र अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गरेका थिए ।

युरोप र कोपा अमेरिका दुई महादेशिय च्याम्पियनबीच विश्वकप फाइनल हुन लागेको यो पहिलो पटक हो ।

स्सापेन र अर्विजेन्कटिना विश्वकपमा ६० वर्षपछि आमने सामने हुँदैछन् । यसअघि यी दुई टोली सन् १९६६ मा विश्वकपमा मात्र भिडेका थिए ।

यस्तै दुई टोलीबीच कुल १४ खेल हुँदा दुवैले समान ६ खेल जितेका छन् भने २ खेल बराबरीमा सकिएको छ ।

फिफा विश्वकप २०२६ को फाइनल खेलको सम्पुर्ण लाइभ अपडेटको जानकारी यो लिंकमा पढ्न सकिनेछ ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय