News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा फिफा विश्वकप २०२६ को फाइनल खेलमा साविक विजेता अर्जेन्टिना र स्पेन आमनेसामने भएका छन् ।
- सन् २०१० पछि पहिलो पटक फाइनल प्रवेश गरेको स्पेन दोस्रो पटक विश्व च्याम्पियन बन्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ ।
- लगातार दोस्रो पटक विश्वकप जित्ने दाउमा रहेको अर्जेन्टिनाले नकआउट चरणका कठिन खेलहरूमा उत्कृष्ट पुनरागमन गर्दै फाइनलको यात्रा तय गरेको हो ।
४ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेल सुरु भएको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सुरु भएको फाइनल खेलमा साविक विजेता अर्जेन्टिना र स्पेन खेलिरहेका छन् ।
युरोपियन च्याम्पियन स्पेनले सेमिफाइनलमा उपाधिका प्रमुख दाबेदार फ्रान्सलाई पूर्ण रूपमा नियन्त्रणमा राख्दै फाइनल यात्रा तय गरेको थियो । लामो समय बल आफ्नो नियन्त्रणमा राख्ने शैली र सटिक फिनिसिङका कारण स्पेन प्रतियोगिताकै सबैभन्दा सन्तुलित टोलीका रूपमा देखिएको छ ।
स्पेनले समूह ‘एच’ को सुरुवात भने सहज गर्न सकेन । सबैलाई आश्चर्यमा राखेको टोली केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि उसले साउदी अरेबियालाई ४–० ले हरायो भने उरुग्वेमाथि १–० को जित निकाल्दै समूह विजेता बन्यो ।
त्यसपछि अन्तिम ३२ मा अस्ट्रियालाई ३–० ले हराएको स्पेनले अन्तिम १६ मा पोर्चुगल र क्वार्टरफाइनलमा बेल्जियमलाई दुवै खेलमा अन्तिम समयमा मिकेल मेरिनोले गरेको निर्णायक गोलको मद्दतमा पराजित ग¥यो। प्रतियोगिताभर स्पेनले हालसम्म केवल एक गोल मात्र बेहोरेको छ ।
अब सन् २०१० पछि पहिलो पटक विश्वकप फाइनल खेल्दै स्पेन दोस्रो पटक विश्व च्याम्पियन बन्ने लक्ष्यमा छ ।
कोपा अमेरिका विजेता तथा विश्वकपको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको यात्रा भने स्पेनको तुलनामा निकै कठिन रह्यो ।
मेसीको कप्तानीमा अर्जेन्टिनाले समूह चरणका तीनै खेल जित्यो । अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक, अस्ट्रियाविरुद्ध दुई गोल तथा जोर्डनविरुद्ध अर्को उत्कृष्ट प्रदर्शनले अर्जेन्टिनाले समूह चरण सहजै पार गर्यो ।
तर त्यसपछि प्रत्येक चरणमा अर्जेन्टिनाले संघर्ष गर्नुपर्यो । अन्तिम ३२ मा केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले हराएको अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टविरुद्ध ७९औं मिनेटसम्म २–० ले पछि परेको अवस्था उल्ट्याउँदै ऐतिहासिक पुनरागमन गर्यो ।
क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा पराजित गरेको अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध पनि पुनरागमन गर्दै फाइनल यात्रा तय गर्यो ।
एन्थोनी गोर्डनको गोलले पछि परेको अवस्थामा एन्जो फर्नान्डेज र बेञ्चबाट आएका लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई लगातार दोस्रो फाइनलमा पुर्याएका थिए ।
अर्जेन्टिना लगातार दुई विश्वकप जित्ने टोली बन्ने अवसरलाई नतिजामा बदल्ने लक्ष्यमा छ ।
प्रतिक्रिया 4