+
+
Shares
फिफा विश्वकप २०२६ :

स्पेन समूह विजेता बन्दै नकआउट चरणमा, पूर्व विजेता उरुग्वे समूह चरणबाटै बाहिरियो

समूहमा दुई बराबरी र एक हारबाट उरुग्वेको २ अंकसहित तेस्रो स्थानमा रह्यो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १३ गते ७:४६

१३ असार, काठमाडौं । एलेक्स बाएनाको एक मात्र गोल मदतमा उरुग्वेलाई १-० ले पराजित गर्दे स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

यो जितपछि स्पेन समूह एचमा ७ अंक जोडेर समूह विजेता बनेको छ ।

दुई पुर्व विजेताबीचको खेलमा उरुग्वेका लागि समुह चरण पार गर्न जित निकाल्नुपर्ने बाध्यता थियो । समूहको अर्को खेलको नतिजा आफु अनुकल भएमा बराबरी पनि पर्याप्त हुन सक्थ्यो ।

तर उरुग्वेका लागि स्पेनसँगको हार नै महँगो पर्‍यो । समूहमा दुई बराबरी र एक हारबाट उरुग्वेको २ अंकसहित तेस्रो स्थानमा रह्यो । अर्को खेलमा केप भर्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि केप भर्डे विश्वकप डेब्युमे समहु चरणमा अपराजित रहेर नकआउट चरणमा प्रवेश गरेको छ ।

तीनै खेल बराबरी खेलेको केप भर्डे ३ अंक जोडेर समूह उपविजेता बन्यो ।

मेक्सिकोको ग्वाडालाजारमा भएको स्पेनका लागि एलेक्स बाएनाले निर्णायक गोल गरे । बाएनाले मार्कोस लरेन्टेको पासमा ४२औं मिनेटमा गोल गर्दे अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन । दोस्रो हाफमा उरुग्वेले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन ।

फेरान टोरेसको ८६औं मिनेटमा प्रहार बारमा लागेर बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?