१३ असार, काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत सिटल स्टेडियममा जारी खेलमा इजिप्ट र इरानबीचको खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएको छ ।
खेलको पाँच मिनेटमा इजिप्टका महमुद साबेरले गोल हान्दै टिमलाई अग्रता दिलाएका थिए ।
यस्तै खेलको ११ औं मिनेटमा इरानले पेनाल्टी पाएको थियो, जसमा इरानका मेहदी तारेमी गोल गर्न चुके ।
त्यसपछि इरानका लागि १४ औं मिनेटमा रमिन रजाइनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि हाफ टाइमसम्म थप गोल हुन सकेन ।
प्रतिक्रिया 4