News Summary
Generated by OK AI. Editorially reviewed.- न्युजिल्यान्डलाई ५-१ ले पराजित गर्दै बेल्जियम फिफा विश्वकप २०२६ को समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
- क्यानडामा भएको खेलमा बेल्जियमका लिएन्ड्रो ट्रोसार्डले दुई गोल गरे भने डे ब्रुएना, लुकाकु र सेलेमेकर्सले एक-एक गोल थपे ।
- प्रतियोगितामा यसअघिका दुवै खेल बराबरी खेलेको बेल्जियम पहिलो जितसँगै ५ अङ्क जोडेर समूह विजेता बन्यो ।
१३ असार, काठमाडौं । लिएन्ड्रो ट्रोसार्डको दुई गोलमा न्युजिल्यान्डलाई ५-१ ले पराजित गर्दै बेल्जियम फिफा विश्वकप २०२६ मा समूह जी को विजेता बनेको छ ।
यसअघि दुवै खेल बराबरी खेलेको बेल्जियम पहिलो जित हात पार्दै ५ अंक जोडेर समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा बेल्जियमका लागि ट्रोसार्डले दुई गोल गर्दा केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले एक-एक गोल थपे ।
अर्को खेलमा इजिप्टले इरानसँग १-१ को बराबरी खेल्दे ५ अंक नै जोडेपनि गोलअन्तरमा बेल्जियम अघि रहेको हो । बेल्जियम र इजिप्टले समुह चरणमा १-१ को बराबरी खेलेका थिए ।
त्यसपछि बेल्जियम इरानसँग गोलरहित बराबरीमा रोकिँदा नकआउट चरणम पुग्न अन्तिम खेल जित्नैपर्ने अवस्थामा थियो । जसमा बेल्जियमले शानदार जित निकाल्दै नकआउटका लागि तयार रहेको संकेत दिएको छ ।
ट्रोसार्डले खेलको २८औं मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । ५०औं मिनेटमा ट्रोसार्डले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।
केभिन डे ब्रुएनाले ६६औं र लुकाकुले ८६औं मिनेटमा गोल गरे । यस्तै एलेक्सिस सेल्समेकर्सले इन्जुरि टाइमको चौथो मिनेटमा गोल गरे । न्युजिल्यान्डका लागि एलिजा जस्टले ८४औ मिनेटमा एक गोल फर्काए ।
प्रतिक्रिया 4