१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा डेब्यु गरेको केप भर्डेले ऐतिहासिक प्रदर्शन गर्दै समूह एचको उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको केप भर्डेले अब साविक विजेता अर्जेन्टिनाको सामना गर्ने भएको छ ।
पहिलो पटक विश्वकप खेलिरहेको अफ्रिकन टापु राष्ट्र केप भर्डेले राउण्ड अफ ३२ मा अर्जेन्टिनासँग खेल्ने भएको हो ।
समूह एचमा शनिबार बिहान साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि केप भर्डे ३ अंक जोडेर समूह उपविजेता बनेको हो ।
पहिलो खेलमै पूर्व विजेता स्पेनसँग गोलरहित बराबरी खेल्दै अंकको खाता खोलेको केप भर्डेले दोस्रो खेलमा दुई पटकको विजेता उरुग्वेसँग पनि २-२ को बराबरी खेल्दै अंक जोडेको थियो ।
साविक विजेता अर्जेन्टिना लगातार दुई खेल जित्दै यसअघि ने समूह जे को विजेता बनिसकेको छ । अर्जेन्६िनाले समूहको अन्तिम खेल आइतबार जोर्डनसँग खेल्नेछ ।
समूह एचको दुई खेलको नतिजापछि समूह के को पोर्चुगल, समूह एलको इंग्ल्यान्ड र घाना, समूह जी को इजिप्ट समूह चरणको अन्तिम खेल खेल्नुअघि नै नकआउट चरणमा छनोट भएका छन् ।
यस्तै समूह डी मा तेस्रो भएको पाराग्वे पनि उत्कृष्ट तेस्रो टोलीमा पर्दै नकआउट चरणमा छनोट भएको छ ।
अहिलेसम्म राउण्ड अफ ३२ मा १६ खेल मध्ये ८ खेलको समिकरण तय भइसकेको छ ।
जसमा दक्षिण अफ्रिका र क्यानडा, ब्राजिल र जापान, जर्मनी र पाराग्वे, नेदरल्यान्ड्स र मोरक्को, बइभरी कोस्ट र नर्वे, फ्रान्स र स्वीडेन तथा सहआयोजक अमेरिका र बोस्निया एण्ड हर्जगोभिनाबीचको खेल हुने पक्का भइसकेको छ ।
प्रतिक्रिया 4