+
फिफा विश्वकप २०२६ :

नेदरल्यान्ड्सका ब्रोबीको दुई गोल

२०८३ असार  ६ गते २३:११ २०८३ असार ६ गते २३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत स्वीडेनविरुद्धको खेलमा नेदरल्यान्ड्सका ब्रायन ब्रोबीले सुरुवाती १७ मिनेटभित्रै दुई गोल गरेका छन् ।
  • अमेरिकाको ह्युस्टनमा जारी खेलको छैटौं मिनेटमा कोडी गाक्पो र १७औं मिनेटमा डेन्ज डुम्रफाइसको क्रसमा ब्रोबीले गोल गरेका हुन् ।
  • पहिलो खेलमा जापानसँग २-२ को बराबरीमा रोकिएको नेदरल्यान्ड्स यो खेल जित्दै नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ ।

६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा नेदरल्यान्ड्सका ब्रायन ब्रोबीले स्वीडेन विरुद्ध १७ मिनेटमै दुई गोल गरेका छन् ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा ब्रोबीले छैटौं मिनेटमै गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए ।

कोडी गाक्पोले बायाँ भागबाट दिएको क्रसमा ब्रोबीले गोल गरेका हुन् । मध्य भागमा पाएको बललाई ब्रोबीले तिजानी रेइन्डर्सलाई दिएका थिए । रेइन्डर्सले बायाँ भागमा गाक्पोलाई बल दिए । त्यसपछि गाक्पोको पासमा ब्रोबीले गोल गरेका हुन् ।

यस्तै १७औं मिनेटमा डेन्ज डुम्रफाइसले दिएको क्रसमा ब्रोबीले गोल गरेका हुन् ।

पहिलो खेलमा जापान विरुद्ध वैकल्पिक खेलाडीको रुपमा थोरै समय खेल्न पाएका ब्रोबीले स्वीडेन विरुद्ध पहिलो रोजाईँमा अवसर पाएका थिए । जसमा उनले सुरुवाती दुई गोल गर्दै प्रमाणित गरिसकेका छन् ।

पहिलो खेलमा जापानसँग २-२ को बराबरीमा रोकिएको नेदरल्यान्ड्स आजको खेल जित्दे नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

स्वीडेनले पहिलो खेलमा ट्युनिसियालाई ५-१ ले पराजित गरेको थियो ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय