+
+
Shares

एन्जल्स हार्ट भलिबल शनिबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १९:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एन्जल्स हार्ट माविको आयोजनामा दोस्रो राष्ट्रिय खुला अन्तरविद्यालय कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिता आउने शनिबारदेखि सुरु हुने भएको छ ।
  • चार दिनसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने टिमले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

१८ जेठ, काठमाडौं । एन्जल्स हार्ट माविको आयोजनामा दोश्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिता आउने शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा करिब ५० टिमको सहभागिता अपेक्षा गरिएको एन्जल्स हार्टका कार्यकारी अध्यक्ष लिलबहादुर पुनले जनाएका छन् ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक यमबहादुर छन्त्यालले जानकारी दिए । उत्कृष्ट खेलाडी, स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर र डिफेन्डरलाई पनि नगदसहित पुरस्कृत गरिने छ ।

प्रतियोगितामा २०८२ सालमा एसइइ दिएका तथा कक्षा ११ र १२ को हकमा राष्ट्रिय परिक्षा बोर्डमा ०८२-०८३ को रजिस्ट्रेसन प्राप्त १८ वर्ष ननाघेका विद्यार्थीले सहभागी हुन पाउने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख ३० हजार रुपैयाँ खर्च हुने एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले बताए । लिग कम नकआउट आधारमा चारदिनसम्म चल्ने प्रतियोगिताका खेलहरु मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा खेलाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?