+
+
Shares

हिमालय एयरलाइन्सले पहिलो पटक काठमाडौं-सेन्जेन सिधा उडान गर्दै

काठमाडौंबाट सेन्जेनका लागि प्रत्येक मंगलबार र बिहीबार प्रस्थान गर्ने तथा सेन्जेनबाट प्रत्येक बुधबार र शुक्रबार फर्कने तालिका छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १९:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालय एयरलाइन्सले ४ जुन २०२६ देखि काठमाडौं र चीनको सेन्जेन सहरबीच सिधा उडान सुरु गर्ने भएको छ ।
  • कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा हप्ताको दुईवटा सिधा उडान सञ्चालन गर्ने छ ।
  • यो उडान प्रत्येक मंगलबार र बिहीबार काठमाडौंबाट प्रस्थान गर्ने र बुधबार तथा शुक्रबार फर्कने तालिका छ ।

१८ जेठ, काठमाडौं । नेपाली निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौं-सेन्जेनबीच सिधा उडान गर्ने भएको छ ।

हिमालयले ४ जुन २०२६ देखि काठमाडौं र चीनको ‘सिलिकन भ्याली’ का नामले प्रख्यात सेन्जेन सहरबीच सिधा उडान सुरु गर्ने भएको हो ।

हिमालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेन्जेनस्थित सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा साप्ताहिक दुई सिधा उडान सेवा गर्ने कम्पनीले जनाएको छ ।

यो नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणबाट एक महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि हुने कम्पनीको भनाइ छ ।

कम्पनीले काठमाडौं-सेन्जेन-काठमाडौं सेक्टर जोड्न तथा मागका आधारमा आगामी दिनमा उडान थप्ने योजना सहित हाल सातामा दुई उडान सञ्चालन थाल्न लागेको बताएको छ ।

काठमाडौंबाट सेन्जेनका लागि प्रत्येक मंगलबार र बिहीबार प्रस्थान गर्ने तथा सेन्जेनबाट प्रत्येक बुधबार र शुक्रबार फर्कने तालिका छ । हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले सुरु हुन लागेकोे काठमाडौं-सेन्जेन-काठमाडौं उडानप्रति उत्साह व्यक्त गरेका छन् ।

उनी भन्छन्, ‘हिमालय एअरलाइन्सले सधैं चीनमा नयाँ-नयाँ गन्तव्य खोज्दै नियमित उडान सञ्चालन अगाडि बढाउँदै आएको छ, त्यसैले नयाँ बजार खोज्न हाम्रो योगदान उल्लेखनीय छ ।’

काठमाडौं-सेन्जेन-काठमाडौं रुटमा सुरु गरिएको यस उडानले दुई राष्ट्रका नागरिक-नागरिकबीचको सम्बन्ध मजबुत बनाउने, पर्यटन र व्यापार प्रवर्द्धन गर्ने उनले बताए । उनका अनुसार यो रुटमा बुकिङ खुला भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?