+

एलपीएल : सन्दीप र दीपेन्द्र जाफ्ना किंग्समा, भुर्तेल कोलोम्बोमा अनुबन्ध

२०८३ जेठ  १८ गते १९:१४ २०८३ जेठ १८ गते १९:१४
एलपीएल : सन्दीप र दीपेन्द्र जाफ्ना किंग्समा, भुर्तेल कोलोम्बोमा अनुबन्ध

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रीलंकामा हुने लंका प्रिमियर लिग (एलपीएल) २०२६ का लागि नेपालका सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल अनुबन्ध भएका छन् ।
  • जाफ्ना किंग्सले सन्दीपलाई २० हजार डलरमा तथा दीपेन्द्रलाई एसोसिएट कोटामा अनुबन्ध गरेको छ ।
  • कोलोम्बो काप्समा आबद्ध भएका ओपनर कुशल भुर्तेल पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा छानिएका हुन् ।

१८ जेठ, काठमाडौं । नेपालका सन्दीप लामिछानेसहित तीन क्रिकेटर श्रीलंकामा हुने लंका प्रिमियर लिग (एलपीएल) २०२६ मा अनुबन्ध भएका छन् ।

लेग स्पीनर सन्दीपलाई चार पटकको च्याम्पियनसिप जाफ्ना किंग्सले अनुबन्ध गरेको हो । सोमबार भएको ड्राफ्टबाट जाफ्नाले विदेशी खेलाडीको सूचीबाट सन्दीपलाई छनोट गरेको हो । सन्दीपलाई जाफ्नाले २० हजार डलरमा अनुबन्ध गरेको हो । यस्तै नेपालकै अन्य दुई खेलाडी दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल पनि एलपीएलका लागि अनुबन्धित भएका छन् ।

नेपाल टी२० टिमका कप्तान समेत रहेका दीपेन्द्रलाई जाफ्नाले नै एसोसिएट कोटामा अनुबन्ध गरेको हो भने ओपनर भुर्तेललालाई कोलोम्बो काप्सले एसोसिएट कोटामा अनुबन्ध गरेको हो ।

भुर्तेल पहिलो पटक कुनै पनि विदेशी फ्रेन्चाइज लिगमा अनुबन्ध भएका हुन् ।

एलपीएल २०२६ जुलाई १७ देखि अगष्ट ८ सम्म सञ्चालन हुनेछ । लिगमा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

लंका प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय